विराटनगरमा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेशसभा बैठक बोलाइएको दिन आन्दोलन गरिरहेका जातीय पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
विराटनगरको देवकोटा चोकबाट १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रदेशसभा बैठकमा अवरोध हुने गरी आन्दोलन गर्ने तयारी भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।