प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण लगायत विषयमा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसेकाे छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको बैठक मुख्यत प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा केन्द्रित रहेको स्रोतले बतायो ।
प्रचण्ड बुधवारदेखि भारत भ्रमणमा जाँदैछन् । बैठकमा मन्त्रालयका अन्य नियमित एजेण्डामा समेत छलफल हुँदैछ ।बजेट लेख्न व्यस्थ अर्थमन्त्री डा. प्रकाशशरण महत भने आइतवार मन्त्रिपरिषद् बैठकमा अनुपस्थित छन् ।अर्थमन्त्रीले भोलि संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दैछन् ।