spot_img
spot_img

बालबालिकालाई तातो हावा/लूबाट कसरी जोगाउने ?

spot_img
spot_img

केही दिनयता देशभर तापक्रम बढ्दै गएको छ । गर्मी महिनामा तापक्रम वृद्धिसँगै तराईका जिल्लाहरूमा तातो हावा ‘लू’ चल्न सक्ने सम्भावना हुन्छ । लूले मानिसको स्वास्थ्यमा समेत असर गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।लू लाग्नबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ । यो समयमा बालबालिकाको पनि विशेष हेरचाह गर्नुपर्छ ।

बालबालिकालाई तातो हावा/लूबाट जोगाउन गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न सुझाव प्रस्तुत गरेको छ ।

बालबालिकालाई तातो हावा/लूबाट जोगाउन साथमा सधैँभरि पानीको बोतल राखिदिनुपर्छ । कागती पानी, नरिवल पानी, ताजा फलफूलको रस नियमित रूपमा सेवन गराउन प्राधिकरणको सुझाव छ ।

पत्रु खाना (जंक फुड)को प्रयोग गर्नु हुँदैन । गर्मीको समयमा ताजा फल, सलाद र घरमै बनाएको खानेकुरा खाने गर्नुपर्छ ।दिउँसो १२ देखि अपराह्न ४ बजेसम्मको कडा घाममा घरबाहिर सकेसम्म निस्कन दिनु हुँदैन । गर्मीका बेला बालबालिकालाई बिहान वा साँझको समयमा मात्र खेल्न लगाउनुपर्छ ।

यदि, बालबालिकालाई रिँगटा लागेमा, बान्ता भएमा, धेरै टाउको दुखेमा वा सास फेर्न अप्ठ्यारो भएमा तुरुन्त नजिकैको अस्पताल वा स्वास्थ्यचौकीमा लैजान प्राधिकरणको सुझाव छ ।

यी हुन् गर्मीका कारण हुन सक्ने स्वास्थ्य समस्या र अपनाउनुपर्ने सतर्कता

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img