spot_img
spot_img

कालापानीकाे भुमी साटफेर गर्ने प्रधानमन्त्रीको अभिब्यक्तिको एमालेले जवाफ माग्ने

spot_img
spot_img

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हालै भारत भ्रमणवाट फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग्ने भएको छ ।बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्री दाहालले दिएको अभिब्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो ।

प्रधानमन्त्री दाहालले भारतको आफनो चार दिने औपचारिक भ्रमणको क्रममा बंगलादेशसँग सिमा पहुँच पुरयाउनका लागि कालापानीको भु-भाग साटफेर गर्न सकिने विकल्पका बारेमा पनि भारतीय पक्षसँग छलफल भएको जानकारी दिएका थिए । सोही अभिब्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको हो ।एमालेले इपिजी प्रतिवेदनका बारेमा प्रधानमन्त्री दाहालले छलफल नगरेको बिषयलाई पनि गम्भिरतापुर्वक लिएको छ । ‘सीमा समस्याको विषयलाई उहाँले उठाउन सक्नुभएन, ईपीजी प्रतिवेदन बुझ्ने सवालमा जुन ढंगले विषय उठाउन सक्नुपर्दथ्यो, यी विषयहरु पनि उहाँले उठाउनु भएन, यो भ्रमण राष्ट्रहितको पक्षमा हुन सकेन’ एमाले संसदीय दलको निष्कर्ष सुनाउँदै गिरीले भने । उनका अनुसार ‘दिने काम भएको तर लिने काम हुन नसकेको भ्रमण’ को रुपमा एमालेले लिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img