spot_img
spot_img

आइफोनमा मोबाइल डाटाको खपत कसरी घटाउने ?

spot_img
spot_img

अहिले इन्टरनेट सेवा प्रदायकहरुले विभिन्न मूल्यका मोबाइल डाटा प्याकहरु ल्याइरहेका हुन्छन् ।कतिपय डाटा प्याकहरू अनलिमिटेड हुन्छन् भने कतिपयमा निश्चित डाटा खपतको सीमा हुन्छ । यस्तो अवस्थामा अनावश्यक रुपमा धेरै डाटा खपत नहोस् भनेर हामीले विचार पुर्‍याउनुपर्ने हुन्छ ।

मोबाइल डाटाको अनावश्यक खपत घटाउनका लागि आइफोनमा एउटा फिचर उपलब्ध हुन्छ, जसको नाम हो Low Data mode । यसले प्रयोगकर्तालाई आइफोनमा डाटा खपत घटाउने अनुमति प्रदान गर्दछ । एपका क्रियाकलाप अप्टिमाइज गरेर तथा ब्याकग्राउण्ड डाटा खपतमा बन्देज लगाएर यसो गर्न सकिन्छ ।आइफोनमा Low Data मोड सक्रिय बनाउनका लागि तपाईंको आइफोन आईओएस १३ वा त्यसभन्दा नयाँ अपरेटिंग सिस्टममा चलेको हुनुपर्दछ । किनकी यो फिचर केवल आईओएस १३ वा त्यसपछिका अपरेटिंग सिस्टममा मात्र उपलब्ध छ ।त्यसैले यदि तपाईंको आइफोनमा पूरानो आईओएस छ भने अपडेट गर्नुहोस् । त्यसका लागि Settings मा गएर General अप्सनमा जानुहोस् र Software Update  मा ट्याप गर्नुहोस् ।

त्यसपछि Low Data Mode   इनेबल गर्नका लागि :

  • आइफोनको Settings एप खोल्नुहोस्
  • स्क्रोल डाउन गरी Cellular वा Mobile Data अप्सनमा थिच्नुहोस्
  • Cellular Data  खण्डमा तपाईंले Cellular Data Options देख्नुहुनेछ, त्यसलाई ट्याप गर्नुहोस्
  • त्यसपछि अर्को स्क्रिनमा Low Data Mode टोगल देखिनेछ । त्यसको स्वीचमा ट्याप हरियो बनाएसँगै कम डाटा खपत हुने Low Data Mode तपाईंको आइफोनमा सक्रिय हुनेछ ।

तर तपाईंले आफ्नो आइफोनमा कम डाटा खपत हुने मोड सक्रिय पारिरहँदा केही कुरामा भने अवश्य विचार गर्नुपर्ने हुन्छ । जस्तै :

  • Low Data Mode  ले आइफोनमा रहेको एपहरुका कार्यका साथै सिस्टम सर्भिसमा पनि प्रभाव पार्दछ । यसले background app refresh, automatic downloads का साथै कतिपय भिजुअल इफेक्टहरुलाई पनि बन्द गरिदिन सक्दछ ।
  • लो डाटा मोडले डाटाको खपत कम गर्न सहयोग गर्ने भएपनि यसले कतिपय एपहरुको कार्य तथा क्षमतामा असर गर्दछ । यो मोड सक्रिय बनाउँदा high-quality media streaming जस्ता विभिन्न फिचरको पूर्ण उपयोग गर्न सकिँदैन ।
  • त्यस्तै कतिपय एपहरुले Low Data Mode लाई नै अस्विकार गर्न सक्दछन् । यसका लागि डेभलपर्सले यो फिचरलाई आफ्नो एपमा कसरी लागू गरेका छन् भन्ने कुरामा भर पर्दछ ।
  • Low Data Mode को सेटिंग्स विशेष गरी सेलुलर डाटाका लागि मात्रै सान्दर्भिक हुन्छ र वाइफाइ डाटामा यसको कुनै सम्बन्ध नै रहँदैन ।
  • तपाईंले आफैंले यसलाई डिसेबल नगरेसम्म लो डाटा मोड सक्रिय भैरहेको हुन्छ । यदि तपाईं पुनः सामान्य डाटा खपतको अवस्थामा फर्किन चाहनुहुन्छ भने आइफोनमा माथि उल्लेखित Cellular Data Options स्क्रिनमा गएर Low Data Mode को टोगललाई निस्क्रिय बनाउनु पर्दछ ।
- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img