काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौँ फिर्ता आएको छ।‘प्रेसराइजेसन फेल’ भएपछि जहाजलाई काठमाडौं फर्काएर अवतरण गराइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
धनगढीका लागि उडान भरेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमै फिर्ता आएको कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।‘जहाजको प्रेसराइजेसन फेलियर भएपछि काठमाडौँ फिर्ता भएको हो,’ उनले भने, ‘जहाज बाहिर र भित्रको अक्सिजन मेनटेन गर्ने सिस्टममा समस्या आएको थियो । जहाज सुरक्षित अवतरण भइसकेको छ ।’जहाजमा रहेका यात्रुलाई अर्को उडानमार्फत् धनगढी पठाइने उनले बताए ।