अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् ।
फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए ।
‘फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिनेछ’, शेर्पाले भने । उनले फिल्म सामाजिक कथामा बन्ने खुलाए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । उनले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।