spot_img
spot_img

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ : शुक्रबार सवाल जवाफ हुने

spot_img
spot_img

 प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आजको सुनुवाइ सकिएको छ ।प्रस्तावित प्रधानन्यायाधीश कार्कीले सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गरेका छन्  ।

त्यसक्रममा उनले आफू इच्छाविपरीत न्यायाधीश बनेको तर इमान कायम राखेको बताएका थिए ।सुनुवाइ समितिको अर्को बैठक शुक्रबार ८ बजे बस्नेछ । शुक्रबारको बैठकमा सवाल जवाफ हुने तय भएको छ ।कामु प्रधानन्यायाधीश समेत रहेका कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकबाट प्रधानन्याधीशमा सिफारिस भएका थिए ।संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।हाल कार्की नै कामु प्रधानन्यायाधीश छन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img