spot_img
spot_img

‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ सार्वजनिक

spot_img
spot_img

पूर्वी चितवनको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणसँगै विकासको अभियान सञ्चालन गर्ने व्यक्तित्वहरूको योगदानलाई समेटिएको ‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ नामक पुस्तकको विमोचन गरिएको छ । वाल्मीकि साहित्य सदनद्वारा शनिवार आयोजित कार्यक्रममा पूर्वी चितवनमा बस्ती बसाल्नेदेखि विकास निर्माणमा विशिष्ट योगदान पुर्याउनुहुने १८ व्यक्तित्वको योगदानका बारेमा चर्चा गरियो ।

वाल्मीकि साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा विजयराज न्यौपाने, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल, रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहकार रामहरि न्यौपानेले पूर्वी चितवनको आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान पुर्याउने अग्रजहरूका बारेमा चर्चा गर्नुभयो ।

पुस्तकमा पूर्वी चितवनमा राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा योगदान पुर्याउनुभएका १८ जना अग्रजहरूको योगदानको चर्चा गरिएको छ । पूर्वी चितवनमा बस्ती बसाउनेदेखि विभिन्न राजनीतिक आन्दोलनमा योगदान पुर्याउनेहरूका बारेमा पुस्तकमा उल्लेख छ । पुस्तक एक सय ४० पृष्ठको रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img