spot_img
spot_img

समयमा अस्पताल नआउने चिकित्सकलाई कारवाही गर्न स्वास्थ्य मन्त्री जाेशीकाे निर्देशन

spot_img
spot_img

वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जाेशीले समयमा अस्पताल नआउने चिकित्सक कर्मचारीलाई कमरवाही गर्न निर्देशन दिनुभएकाे छ। यहाँकाे बिपि काेईराला मेमाेरियल क्यान्सर अस्पतालकाे निरिक्षण अनुगमन पछि आयाेजित अन्तरक्रिया कार्यक्रममा उहाँले समयमा अस्पताल नआउने र अस्पताल आयर कार्यालमा नबस्ने चिकित्सक, कर्मचारीलाई कारवाहि गर्न अस्पताल प्रशासनलाई निर्देशन दिनु भएकाे हाे । निरिक्षणका क्रममा चिकित्सक, कर्मचारीहरु कार्यकक्षमा नभेटिएकाे भन्दै उहाँले भन्नुभयाे “कार्यालयमा काम नगर्ने भए घर बसे हुन्छ ।

विरामी र सेवाग्राहिले सेवा पाउन राेकिनु हुँदैन ।” अस्पतालकाे सेवाका बारेमा हरेक हप्ता अस्पताल प्रशासनले सार्वजनिक गर्नुपर्ने उहाँकाे भनाई थियाे । कुन चिकित्सक कचि खेर भेट्न सकिन्छ भन्ने बिषयमा समेत खुलायर सूचना गर्ने गर्दा बिरामीकाे चमप कम हुने उहाँकाे भनाई थियाे । अस्पतालमा भएकाे बिरामीकाे चाप कम गर्न तर्फ अस्पताल प्रशासनकाे ध्यान दिनुपर्ने वताउनुभयाे ।

साे अबसरमा अस्पतालका पूर्व कार्यकारी निर्देशक डा. देज कुमार गाैतम, उपनिर्देशक कृष्णसागर शर्मा, नेपाल स्वास्थ्य कर्मी संघका अध्यक्ष रमेश पाैडेल लगाएतले बाेल्नुभएकाे थियाे । कार्यक्रममा मन्त्री जाेशीले अस्पतालकाे गुरुयाेजना अनुसार काम गर्नका लागि प्रदेश सरकारले सक्दाे सहयाेग गर्ने बताउनुभयाे । संघिय सरकार संग समेत यस बिषयमा छलफल गर्ने वातावरण तयार गर्न आफू तयार रहेकाे उहाँले बिश्वास दिलाउनुभयाे ।
- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img