स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भमा लिंगको पहिचान नगर्न आग्रह गरेको छ । गर्भमा लिंगको पहिचान गरे एक वर्षसम्म कैद हुने मन्त्रालयले जनाएको छ ।
“कसैले गर्भमा रहेको भ्रुणको लिंग पहिचान हुने कुनै कार्य गर्न/गराउन हुँदैन,” मन्त्रालयले भनेको छ, “यदि सो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुनेछ ।”
भ्रुणको लिंग पहिचान नगरी छोरीको जन्म सुनिश्चित गर्न आग्रह गरेको मन्त्रालयले विभेदपूर्ण लिंग छनोटको प्रवृत्ति अन्त्य गर्न आग्रह गर्न जोड दिएको छ ।