मुलुकमा प्याज आयात हुुन थालेसँगै भाउ ह्वात्तै घटेर त्यसको सकारात्मक प्रभाव देशकै ठुलो तरकारी बजार कालीमाटीमा देखिएको छ । तरकारी आयातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागेको भनेर प्याज आयात गर्न छोडेका व्यवसायीले आयात गर्न थालेसँगै मूल्य घटेको हो ।
समितिले प्याजको भाउ सोमबार प्रतिकेजी ५२ रुपियाँ र मङ्गलबार ५३ रुपियाँमा थोक मूल्य तोकेको छ । जेठ १९ गतेसम्म प्रतिकेजी ३५ रुपियाँ थोकमा कारोबार भएको प्याज आयात रोकेपछि १३० रुपियाँसम्म पुुगेको थियो ।