काठमाडौं महानगरपालिकाले फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको छ ।
महानगरपालिकाको कार्यालय अगाडि स्वतन्त्र युवाहरुको समूहले ‘गरिखान देऊ’ भन्दै विरोध गरेका हुन् ।
उनीहरुले महानगरपालिकका मेयर बालेन्द्र साह(बालेन)ले चुनाव अगाडि ‘गरिबको चमेली बोलिदिने कोहट्ठ छैन’ भन्दै गाएको गीत गाउँदै विरोध गरेका थिए ।

महानगरपालिकाका नगर प्रहरीहरुले फुटपाथ खाली गर्ने नाममा जीविकोपार्जन गर्ने मान्छेहरुलाई काठमाडौंमा टिक्नै नदिएको भन्दै विरोध गरेका सहभागी युवा प्रसजु मैनालीले बताए ।
