spot_img
spot_img

२२ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

spot_img
spot_img

नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका २२ प्रहरीहरुलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।प्रहरी प्रधान कार्यालयल सूचना जारी गर्दै गैरहाजिरी रहेका एकजना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार  र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।

सम्पर्कमा नरहेका प्रहरी हवलदारमा इलाका प्रहरी  कार्यालय कार्त्तिकेदेउराली, काभ्रेपलाञ्चोकमा दरबन्दी भएका प्रेमराज दुरा छन्।त्यस्तै प्रहरी वृत्त बालाजुमा दरबन्दी रहेका सुनिता महर्जन, नेपाल प्रहरी पहरा गण, गुल्म १ सामाखुशीमा दरबन्दी भएका सरू कार्की, कोशी प्रदेश प्रहरी गण, विराटनगरमा दरबन्दी भएका कृष्णदेव चौहान, चितवनमा दरबन्दी रहेका धर्मेन्द्र सिंह र जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रणा तथा अनुसन्धान शाखामा दरबन्दी रहेका मेष बहादुर राना गरी पाँच जना प्रहरी सहायक हवलदारहरू सम्पर्कविहीन छन्।

विभन्न जिल्लामा दरबन्दी रही सम्पर्कमा नरहेका प्रहरी जवानहरूमा सन्जिव देवकोटा, अर्मिला डि.सी  सोनाम लामा, कविता पौडेल, पूर्ण पौडेल, अनिल कार्की, नरेन्द्र  कुमार साह, रामकुमार याक्सो, बसन्त कुमार यादव, अमरनाथ पासवान, सुनिल टोमाटा , महेन्द्र थापा, किरण कुँवर, सूर्य मगर, अमित कार्की र बिपिन बिक्रम विष्ट छन्।

सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img