गैँडाकोट नगरपालिकाले बजार अनुगमन गर्न सुरु गरेको छ ।बजारमा अखाद्य तथा अस्वस्थकर वस्तुको किनबेचन भएको गुनासो बढेपछि बजार अनुगमन गर्न सुरु गरेको हो ।वडा नम्बर दुईका अध्यक्ष प्रकाश सापकोटाका अनुसार अनुगमनका क्रममा अक्सफोर्ड कलेजको क्यान्टिनमा अखाद्य वस्तुहरु फेला परेको जानकारी दिए ।
‘क्यान्टिनमा अखाद्य पदार्थ डाल्डा घिउ, कलर प्रयोग भएको छ । केही सडेका मासूसहितका म्याद सकिएका खाद्यय पदार्थ फेला परेका छन्,’ उनले भने ‘पहिलो चरणमा सुध्रने मौका दिएका छौँ ।’ कलेजको क्यान्टिनमा गन्हाउने तेल समेत प्रयोग गरेको भेटिएको बताए । बनेका परिकारको भण्डारण राम्रोसंग गर्नुपर्ने उनले बताए ।
वडा अध्यक्ष सापकोटाको नेतृत्वमा गएको अनुगमन टोलीले कलेजले शौचालय तथा बसको समेत अनुगन गरेको थियो । अनुमगनका क्रममा शौचालय प्रयोग गर्न नसकिने अवस्थाको फोहोर रहेको उनले जानकारी दिए । कलेजले फोहोर व्यवस्थापन नगरेको समेत उनले बताए । ‘कुहिने नकुहिने फोहोर एकै ठाउँमा थुपारिएको छ,’ उनले भने ‘स्कुलबाट निस्कने फोहोर नगरपालिकासंग समन्वय गरेर व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।’
विद्यार्थी ओसार्ने बस पुरानो र फोहोर रहेको पाइएको छ । बसभित्र सिट च्यातिएका र फोहोर देखिन्छ ।
नगरपालिकाले सिट मर्मत गर्न सुझाव दिएको छ । अक्सफोर्ड कलेजका प्राचार्य हरि भण्डारीले अनुगन टोलिले भनेजस्तो नरहेको जिकिर गरेका छन । ‘अनुगमन गर्नु राम्रो हो । त्यसलाई आउने दिनमा परिमार्जन गर्दै जान्छौँ,’ उनले भने, ‘नगरपालिकाले भनेजस्तो चाँहि होइन।’ उनले २ हजारभन्दा बढी विद्यार्थीलाई व्यवस्थापन गर्न चुनौती रहेको दावि गरे । नेपालमै नभएको एउटा कलेजमा दुईटा क्यान्टिन आफ्नो कलेजमा मात्र रहेको उनले बताए । कलेजको वातावरण र शिक्षाको नतिजा अनुसार थुप्रै विश्व स्तरका अवार्ड प्राप्त गरेको उनले सुनाए ।