अन्तराष्ट्रिय युवा दिवसका अवसर पारेर साउन २७ गते शनिबार चितवनको भरतपुरमा वृहत युवा केन्द्रित कार्यक्रम लिडरशिप ओडेसी -२०२३ हुने भएको छ ।
कार्यक्रम लिडरशिप ओडेसी २०२३ का संयोजक ई. प्रबिन काफ्लेका अनुसार “अन्तराष्ट्रिय युवा राजनीतिज्ञ” को रुपमा पुरस्कृत माननीय सोबिता गौतम, युवा नेता कविन्द्र बुर्लाकोटी र लिडरशिप कोच अनिल केशरी शाह वक्ताको रुपमा रहने जानकारी दिए । युवा नेत्री प्रसमा पौडलले कार्यक्रम संचालन गर्ने काफ्लेले बताए ।चितवनका सातवटा पालिकाबाट राजनीतिमा आवद्द नरहेका बिभिन्न क्षेत्रमा अब्बल १/१ जनालाई सम्मान र प्रोत्साहन गर्ने कार्यक्रमको उदेश्य रहेको छ।
कार्यक्रममा करिब १००० जना युवा सहभागिताको लक्ष्य लिईएको संयोजक काफ्लेले बताएका छन्।सो कार्यक्रममा युवा उद्यमीलाई प्रबर्धन गर्ने लक्ष्य पनि राखिएको छ। कार्यक्रम भने निशुल्क हुनेछ ।