spot_img
spot_img

मापसेगरी मोटरसाइकल चलाउँदा ट्रकमा ठोक्किएर तीन जना घाइते

spot_img
spot_img

पूर्वी चितवनको रत्ननगरमा मादक पदार्थ सेवन (मापसे) गरी मोटरसाइकल चलाउँदा ट्रकमा ठोक्किएर तीन जना घाइते भएका छन् ।

रत्ननगर नगरपालिका–३ विद्युत् चोकमा शनिबार बिहान १ बजे भरतपुरबाट हेटौँडातर्फ जाँदै गरेको ना ७ ख ९४४ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ५४ प ४१५४ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइलकमा सवार तीन जना घाइते भएका हुन् ।घाइते हुनेहरुमा मोटरसाइकल चालक रत्ननगर–१ बस्ने ३० वर्षीय अमृत बोहोरा, रत्ननगर–१० बस्ने ३५ वर्षीय बालकृष्ण पाण्डे र खैरहनी नगरपालिका–८ बस्ने ३५ वर्षीय विकास उप्रेती रहेका छन् ।

बोहोराको अवस्था गम्भीर, पाण्डेको अवस्था मध्यम र उप्रेतीको अवस्था सामान्य छ । घाइते तीनै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img