यूरोपियन देश बेल्जियम बस्दै आएकी नेपाली नायिका गरिमा पन्तले दोस्रो पटक आमा बनेकी छन् । उनले आइतबार बेल्जियमको अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । दुई वर्षअघि जन्मेकी पहिलो सन्तान पनि छोरी हुन् ।
उनले सामाजिक सञ्जालमा दुई छोरीको तस्विर शेयर गरेकी छन् । इन्स्टाग्राममा पोस्ट गरिएको तस्विरको क्याप्सनमा उनले ‘ह्वेन प्रिशा मीट्स साना’ लेखेकी छन् ।
गरिमाले २०७३ सालमा बेल्जियम बस्ने हरि थपलियासँग विवाह गरेपछि उतै बस्दै आएकी छन् । उनी पछिल्लो पटक २०७३ सालमा चलचित्र ‘तीन घुम्ती’मा अभिनय गरेकी थिइन् ।