spot_img
spot_img

आदर्शको त्रिवर्षिय रणनीतिक योजना गोष्ठी सम्पन्न

spot_img
spot_img

आदर्श नारी विकास केन्द्र भरतपुरले आगामी ३ वर्षे रणनीतिक कार्ययोजना तयार पारेको छ । चितवनको कविलास रिसोर्टमा भदौ २६ र २७ गते दुई दिन संचालन भएको त्रिवर्षिय रणनितिक योजना तर्जुमा गोष्ठिबाट लक्ष्य सहितका त्रिबर्षीय कार्ययोजना तय भएका हुन् ।

गोष्ठीको पहिलो दिन संस्था स्थापनाको उद्धेश्य ,हालसम्मको प्रगती र आगामी दिनको रणनीति सगै नेतृत्व विकासबारे छलफल भयो । संस्थाकी अध्यक्ष उषा खरेल सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थागत उद्धेश्य लक्ष्य र प्रगतीबारे संस्थापक एवं निवर्तमान अध्यक्ष मीना खरेलले, रणनीतिक योजना सम्वन्धमा सल्लाहकार डा:नम्रता पाण्डेले, आगामी दिनको कार्ययोजना बारेमा सल्लाहकार विदुर केसीले सहजीकरण गर्नुभएको थियो ।

सोही दिन संस्थाका संचार संयोजक एवं नेपाल जेसीसका राष्ट्रीय उपाध्यक्ष अर्जुन अधिकारीले नेतृत्व विकासबारे सहजीकरण गर्नुभएको थियो । गोष्ठीको दोस्रो दिन भरतपुर महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल सहित संस्थाका निवर्तमान अध्यक्ष खरेल, सल्लाहकार द्धय डा:नम्रता पाण्डे र विदुर केसी संचार संयोजक अर्जुन अधिकारी ले आगामी ३ बर्षमा संस्थाले गर्नुपर्ने कार्यक्रम बारेमा रणनीति तयार पार्न सहजीकारण गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, कर्मचारी, सल्लाहकार सहित २५ जनाको सहभागिता रहेको थियो । संस्थाका नवनिर्वाचित अध्यक्ष उषा खरेल सूबेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम सस्थाका सचिब सरिता सुबेदि पाठक ले सञ्चालन गर्नुभएको थियो । बि स २०४९ सालमा स्थापना भएको सो संस्थाले महिला तथा बालबालिकाको क्षेत्रमा निरन्तर कार्य गर्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img