spot_img
spot_img

अबैध रुपमा भारतबाट नेपाल भिर्‍याएकाे दुई ट्रकमा काजु र कपडा लगायतका सामान भेटिएपछि…

spot_img
spot_img

प्लाष्टिकका दाना भनेर नेपाल भित्र्याउन लागिएको कपडा, काजु, किसमिसलगायत सामान रहेका दुईवटा ट्रक भैरहवा भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।

भारतबाट प्लाष्टिकका दाना ल्याएको भनेर भन्सार कार्यालय प्रवेश गराइएको दुईवटा ट्रक चेक जाँच गर्दा कपडा, काजु, किसमिसलगायतका सामान भेटिएको भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडलले बताए । भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनिए पनि चेकजाँच गर्दा दुईवटै ट्रकमा ठूलो परिमाणमा कपडा, काजु, किसमिस लगायतका खाद्य सामग्री फेला परेको हो ।ना ५ ख ३३५ नम्बरको नेपाली ट्रक र युपी ५३ जीटी ०५७८ नम्बरको भारतीय ट्रक भन्सार परिषरबाटै नियन्त्रणमा लिई चेकजांच गरिएको तर चालकहरु तत्कालै फरार भएकाले सामानको धनी को हो भन्ने नखुलेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भटराईले बताए ।

शुक्रबार गरिएको प्रारम्भिक जाँचका क्रममा नियन्त्रणमा लिइएका दुईवटा ट्रकमा करिब २ करोडका सामान रहेको पाइएको छ । ‘सामानहरुको मूल्यांकन गर्ने काम हुदैछ, हामीले अहिले गाडीबाहेक २ करोडको कपडा र काजु किसमिस लगायतका सामान भएको अनुमान गरेका छौं’, भन्सार प्रमुख पौडेलले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img