सरकारले खाना पकाउने ग्याससहित पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बढेको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल नियमलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार निगमलाई गएराति बढाएको मूल्य फिर्ता लिएर पूरानै कायम राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । निगमले केही बेरमा विज्ञप्ति जारी गरेर नयाँ मूल्यसूची जारी गर्ने उनले बताइन् ।निगमले आजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । चाडबाडको मुखैमा ग्यास सिलिण्डलमा दुई सय रूपैयाँसम्म मूल्यवृद्धि भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।
चाडबाडको बेलामा सरकारसँग आवश्यक परामर्श नै नगरी मूल्य बढाइएपछि शनिबार मात्रै चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्रीसमेत असन्तुष्ट बनेका थिए ।निगमले गएराति पेट्रोलमा प्रतिलिटर दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रूपैयाँ बढाउने निर्णय गरेको थियो ।मूल्य बढेसँगै आजदेखि ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ११० पुगेको थियो ।