भरतपुर महानगरपालिका १६ , फूर्तीचोकमा रहेको नव बिहानी कृषि सहकारी संस्था लिमिटेडको ७ औँ वार्षिक साधारण सभा यही मिति २०८० आश्विन १५ गते सोमवारका दिनमा फूर्तिचोक स्थित प्रिन्स भिलेज रिसोर्टमा सम्पन्न भएको छ।कार्यक्रम संस्थाका अध्यक्ष दीपक थापाको सभापतित्वमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममामा प्रमुख अतिथि वडा नं १६ का वडा प्रमुख अमृत्र राज हमाल थिए भने विशिष्ट अतिथि सहकारी शाखा भरतपुरकी सहकारी प्रमुख रोजी केसी एबम् राष्ट्रिय सहकारी बैंक भरतपुर शाखाका शाखा प्रबन्धक सन्तोष ढकाल रहेका थिए । कार्यक्रममा अन्य विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाका निवर्तमान सचिव तथा हालका कार्यकारी प्रमुख तोरण सुवेदीले गरेका थिए ।
कार्यक्रममा संस्था कृषि भएको र यो १६ नं वडा कृषि कार्यको लागि पनि अति उपयुक्त स्थान भएको हुँदा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले संस्थाले कृषिलाई नै जोड दिनु पर्ने कुरा बताए । आ.ब, २०८०/०८१ काे भावी कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष थापाले अब चाँडै नै मोबाइल बैंकिङ सेवा सुचारु गर्ने योजना रहेको बताए । संस्थाको आर्थिक प्रतिवेदन तथा अनुमानित बजेट कोषाध्यक्ष डोलराज सुवेदीले प्रस्तुत गरेका थिए । संस्थाको वार्षिक प्रतिवेदन कार्यक्रम सञ्चालकले नै गरेका थिए । कार्यक्रम संचालक तोरण सुवेदीले संस्थाको विगत देखि हाल सम्मका गतिविधि र निष्क्रिय रहेको संस्थालाई यहाँ सम्म लिएर आउनुको औचित्य माथि प्रकाश पारेका थिए । संस्था सञ्चालनमा आएको अरू कुनै पनि सहकारीसँग प्रतिस्पर्धा गर्न नभई सदस्यहरुलाई सहज र सुलभ सेवा प्रधान गर्ने मनसायले संचालन गरिएको कुरा बताए ।
संस्थाका सल्लाहकार बल राम ( बलु) पाण्डेले पनि यो संस्थाले हाल सहकारी संस्थामा भए गरेका विसँगतीहरुको सुधार गर्दै अघि बढ्ने कुरा जनाए । संस्थाको उपनिर्वाचन मार्फत संस्थाको सचिव र लेखा तथा सुपीवेक्षण संयोजकमा क्रमश बलराम गिरी र गगन प्रकाश बरम साथै लेखा तथा सुपीवेक्षण सदस्यमा उमेश खरेल र सरस्वती सिलवाल विजय भएको घोषणा उप निर्वाचन संयोजक नवीन कुमार राना मगरले कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रमको समापन गर्दै सभाध्यक्षले अतिथिज्यूहरुले दिएको सुझाव सल्लाह अनुसार संस्था संचालन गरिने र कृषि कार्यमा पनि उदाहरणीय कार्य गर्ने वाचा गर्दै कार्यक्रम समापन गरेका थिए ।