चितवनको भरतपुर महानगरपालिका–२७ स्तिथ मेघौलीमा एक पुरुषको शव फेला परेको छ।एक विद्यालयको कम्पाउण्ड नजिकै पानि जमेको ठाउँमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।
प्रहरीका अनुसार उक्त शव ५४ वर्षीय जयविर लामाको हो । लामा पानी जमेको ठाउँमा मृत अवस्थामा फेला परेपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए ।
अहिले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि भरतपुर पठाएको चनौली प्रहरीले जनाएको छ। र घटनाबारे अनुसन्धान भईरहेको छ।