spot_img
spot_img

भविष्यलाई सोचेर योजना निर्माण गर्नुपर्ने

spot_img
spot_img

चितवन । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले विकास निर्माणका काममा भविष्यलाई सोचेर योजना बनाउनुपर्ने बताउनुभएको छ । पूर्वाधार विकास कार्यालय भरतपुरले आयोजना गरेको सिसवार–सिसही–वनकठ्ठा–मगनी–नमुनाचोक–पिप्रा–दद्रनी सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भविष्यका लागि सोचेर ठूला परियोजना निर्माण गर्नुपर्ने बताउनुभयो ।

निर्वाचनको समयमा विचार फरक भए पनि विकास निर्माणमा सबै मिलेर अघि बढ्नुपर्ने मन्त्री दुलालको भनाइ थियो । उहाँले भन्नुभयो “विकासका लागि मिलेर जाने हो । हामी मिल्न सकेनौँ भने विकास भन्दा पनि विनाश बढी हुन्छ ।” प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्ममा एक हजार किलोमिटर सडक निर्माण सम्पन्न गर्ने गरी काम गरेको मन्त्री दुलालले जानकारी दिनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अहिलेसम्म ४४ किलोमिटर रिङरोड निर्माण गरिसकेको बताउनुभयो । रिङरोड निर्माणका लागि महानगरले सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढेको उहाँको भनाइ थियो । कार्यक्रममा महानगर उपप्रमुख चित्रसेन अधिकारीले विकास निर्माणको काममा महानगरले समन्वय र सहजीकरण गर्ने गरेको भन्दै समयमा नै निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने बताउनुभयो । उद्घाटन गरिएको सडक सात दशमलव ९१४ किलोमिटर लामो छ ।

विसं २०७८ पुस ८ गते निर्माणका लागि ठेक्का सम्झौता गरी विसं २०८० असोज ८ गते सडक कालोपत्र गरिएको हो । रू १४ करोड ६० लाख ६६ हजार छ सय ५५ मा निर्माण सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीले सडकको बारेमा जानकारी गराउनुभएको थियो । समयमा नै काम सम्पन्न गरेको भन्दै उद्घाटन कार्यक्रममा निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img