spot_img
spot_img

वर्षमान पुनले गराए जनयुद्ध दिवसमा बिदा दिने निर्णयकाे विष्णु पौडेललाई स्मरण

spot_img
spot_img

काठमाडौं। नेकपा(एमाले)का उपाध्यक्ष विष्णु पौडेलले बिहीबार संसदमा फागुन १ गते जनयुद्ध दिवसमा बिदा दिने निर्णय स्वीकार्य नहुने बताइरहँदा माओवादी नेता वर्षमान पुनले बिदा दिने निर्णयको स्मरण गराएका छन् ।

उनले गत वर्ष पुष १० गते एमालेको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि माघ १९ गतेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको स्मरण गराएका हुन् ।

नेता पुनले त्यस बखत सरकारको उपप्रधानमन्त्री पौडेल रहेको स्मरण गराउँदै भने,‘जनयुद्ध दिवस मनाउने निर्णय गत वर्ष माघ १९ गते गरिएको हो । त्यति बेला पूर्ववक्ता उपप्रधानमन्त्री हुनुहुँदोरहे छ ।’

पौडेलले जनयुद्ध दिवसमा बिदा दिने निर्णयको विरोध गरेपछि आफ्नो पालामा भएको निर्णय भन्दै पुनले स्मरण गराएका हुन्।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img