काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल घाइते भएकाले इङ्ल्यान्डविरुद्धको खेलमा प्लेइङ इलेभेनमा रहने छैनन् । इंग्ल्याण्ड र अस्ट्रेलियाबीचको खेल नोभेम्बर ४ मा अहमदाबादमा हुनेछ ।
म्याक्सवेलले नेदरल्यान्ड्सविरुद्ध दिल्लीमा भएको खेलमा ४० बलमा शतक बनाएर विश्वकपमा नयाँ कीर्तिमान बनाएका थिए । आईसीसीका अनुसार म्याक्सवेल गल्फ कार्टबाट खसेका थिए ।
आईसीसीको वेबसाइटका अनुसार अष्ट्रेलियाले म्याक्सवेलको स्थानमा अन्य कुनै खेलाडीलाई विश्वकप टोलीमा समावेश गरेको छैन । यस्तो अवस्थामा उनलाई आगामी खेलमा प्लेइङ इलेभेनमा समावेश गर्ने अपेक्षा गरिएको छ ।
म्याक्सवेलले विश्वकपमा १९६ रन बनाएका छन् भने चार विकेट लिएका छन् । उनले नेदरल्याण्डविरुद्ध ४४ बलमा १०६ रन बनाएका थिए ।