spot_img
spot_img

रेशम चौधरीको अन्तिम सुनवाइ कात्तिक २३ गते

spot_img
spot_img

काठमाडौं। सरकारको सिफारिसमा कैद कटीसहित आम माफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनवाई अर्को साता हुने भएको छ।

सर्बोच्च अदालतले सर्बश्वसहित जन्मकैदको फैसाला सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्दाको अन्तिम सुनवाई कात्तिक २३ गते हुँदैछ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी बिरुद्ध ‘कैलाली नरसंहार’ मा मारिएका तत्कालिन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफान्तले दिएको मुद्दाको सुनवाई कार्तिक २३ गते हुन लागेको हो।

कानुनी व्यावसायी राधिका खतिवडा लगायतका दर्जनौं कानुन व्यावसायीहरुले बिधिको शासन स्थापित गराउन न्यौपानेको परिवारको पक्षवाट निःशुल्क वकालत गर्दै आएका छन्।

प्रहरी एसएसपी न्यौपानेसहित सो नरसंहारमा एक बालक हत्यासहित ९ जनाको निर्मम तरिकाले हत्या गरिएको थियो। सो अभियोगमा तत्कालिन प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी आफ्नो कार्यकालभरी थुनिएका थिए।

तर, सर्वोच्चले जन्मकैदको फैसाला सुनाएको केही दिनमा नै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले उनलाई बाँकी कैद मिनाहा गरी आममाफी दिएको थियो। जसको बिरुद्ध परेको रिटमाथी कार्तिक २३ गते अन्तिम सुनवाई हुन लागेको हो।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img