चितवन: चितवनको गोलाघाटबाट जुवा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २८ गोलाघाट स्थित गोलाघाट वाईल्डलाईफ रिसोर्टमा जुवा खेलिरहेका ११ जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलिले एघार जना जुवाडेलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । उनिहरुको साथबाट पचास हजार सात सय पैतिस नगद रुपैया र १७ थान कौडा तथा एकबुक तास बरामद भएको छ ।
पक्राउ पर्नेहरुको नामावली यसप्रकार छ ।
१. जिल्ला नवलपरासी (व.सु.पू.) गैडाकोट नगरपालिका वडा नं. ०१ बस्ने बर्ष ३८ को राजु गुरूङ ।
२. जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. १६ बस्ने बर्ष ४० को बुद्धि बहादुर गुरूङ ।
३. ऐ.ऐ. बस्ने बर्ष २८ को सोम बहादुर गुरूङ ।
४. ऐ.ऐ. बस्ने बर्ष ४५ को महेन्द्र धमला ।
५. ऐ.ऐ. बस्ने बर्ष २८ को विवेक गुरूङ ।
६. ऐ.ऐ. बस्ने बर्ष ३० को किसन गुरूङ ।
७. ऐ.ऐ. बस्ने बर्ष २४ को बिक्रम थापा मगर ।
८. ऐ.ऐ. बस्ने बर्ष २८ को मनोज भण्डारी ।
९. ऐ. वडा नं. २८ बस्ने बर्ष ४८ को ज्ञान प्रसाद सुवेदी ।
१०. ऐ.ऐ. बस्ने बर्ष ४७ को गंगा बहादुर परियार ।
११. ऐ. वडा नं. ०४ बस्ने बर्ष ३७ को मुक्ति पौडेल ।