spot_img
spot_img

प्रहरी हुँ भनि ठगी गर्ने एक व्यक्ति पक्राउ

spot_img
spot_img

चितवन । चितवनमा आफु प्रहरी भएको भन्दै ठगी गरेर हिडेका व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी वृत्त महाराजगंज काठमाण्डौबाट खटिएको प्रहरी टोलिले सोमबार ठगि गरेको आरोपमा खोटाङको दिक्तेल रुपाकोटका मझुवागढि नगरपालिकाका ललित बानियाँलाई काठमाण्डौँबाट पक्राउ गरेको हो ।

बाँनियाले भरतपुरको हाकिमचोकमा रहेको धनलक्ष्मी पसलबाट जिल्ला प्रहरी कार्यालय चितवनको अफिस मर्मत सम्भारको लागि भन्दै एक लाख १९ हजार दुई सय रुपैयाँ बराबरको सामान ठगेको प्रहरीले जनाएको छ । उनले गत भदौ २७ गते पसलका सञ्चालक मात्रिका पराजुलीलाई प्रहरी निरिक्षकको अफिस मर्मत सम्भार र डेकोरेसनका लागि १० लाख आउने भन्दै १० हजार रुपैयाँ पेश्की छोडेर गएका थिए ।

पछि असोज एक गते एसपि साबसंग कुरा गर्नु भनि कुरा गराएर सो सामान काठमाण्डौँ लैजाने अनुरोध गरेका थिए । पसल सञ्चालक पराजुलीले असोज दुई गते बा १७ च ३७४५ नम्बरको बलेरोमा फरमाइका, प्लाई, डेनराइड लगायतको एक लाख ७९ हजार २ सय बराबरका सामान पठाएको चितवन प्रहरीले जनाएको छ ।

उनले बलेरो चालकलाई फोन गरेर कोटेश्वर नजिक बाटो बाटनै अर्को सवारीमा सामान लोड गरी लगेका थिए । पछि सामानको पैसा माग्दा धम्काई सम्पर्कमा नआएपछि पसल सञ्चालक प्रहरी कार्यालयमा उजुरी दिन आएपछि ठगि गरेको खुलेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img