spot_img
spot_img

गायक हनी सिँहलाई सम्बन्धविच्छेदको लागि अदालतले अनुमति दियो

spot_img
spot_img

काठमाडौं । दिल्लीको तल्लो अदालतले गायक तथा र्‍यापर हनी सिंह र उनकी श्रीमती शालिनी तलवारको सम्बन्धविच्छेदको निवेदन स्वीकृत गरेको छ ।

हनी सिंहका वकिल इशान मुखर्जीले बीबीसीलाई बताएअनुसार उनीहरुको सम्बन्ध विच्छेदको मुद्दा साढे दुई वर्षदेखि चलिरहेको थियो । साकेत पारिवारिक अदालतका मुख्य न्यायाधीश परमजीत सिंहले मंगलबार यस्तो फैसला सुनाएका हुन् ।

फैसला सुनाउने क्रममा न्यायाधीशले ४० वर्षीय गायकलाई आफ्नी श्रीमतीसँग बस्ने प्रयास गर्ने हो कि भनेर सोधे । यसको जवाफमा उनले अब यसका लागि कुनै सम्भावना नरहेको बताए ।

गायक हिरदेश सिंहलाई उनका फ्यानहरू यो यो हनी सिंहको नामले पनि चिन्छन्।

हनी सिंहकी श्रीमती शालिनीले उनीमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । तर दुई पक्षबीच सहमति भएपछि शालिनी तलवारले आफ्नो आरोप फिर्ता लिइन् ।

तर, सम्झौताका सर्तहरू सिल बन्द खाममा अदालतमा पेश गरिएको थियो। गत वर्ष सेप्टेम्बरमा हनी सिंहले शालिनी तलवारलाई १ करोड रुपैयाँको डिमान्ड ड्राफ्ट पनि दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img