चितवनको प्रजनन केन्द्रमा गोहीका २०३ बच्चा कोरलिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा दुई सय तीनवटा बच्चा कोरलिएका छन् । राप्ती नदीबाट सङ्कलन गरिएका दुई सय ४७ अण्डाबाट एक सय ९८ र प्रजनन केन्द्रमा रहेका अण्डाबाट पाँच गरी दुई सय तीन गोहीका बच्चा कोरलिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार राप्ती नदी किनारमा आठ गुँडबाट सङ्कलन गरिएका … Read more

विङ्गर दुर्घटना हुँदा ६ जना घाइते

धनगढीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ००१ ज ३९८ नम्बरको विङ्गर बनहरा पुल नजिक दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। विङ्गर दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले बताएको छ। घाइतेहरुको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको अत्तरिया प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी

काठमाडौं । अस्ट्रेलियाले बंगलादेशमाथि २८ रनको जित हासिल गरेको छ। जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई डक वर्थ लुइस नियम अनुसार २८ रनले पराजित गरेको हो। बंगलादेशले दिएको १४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११.२ ओभरमा २ विकेट गुमाएर १०० रन बनाएपछि वर्षाले खेल अवरुद्ध भएपछि खेलको निर्णय डकवर्थ लुइस नियम अनुसार गरिएको … Read more

आगलागीबाट बुटवलको डेल्टा मार्टमा ५० करोडको क्षति भएको सञ्चालकको दावी

बुटवल : आगलागीले ध्वस्त भएको बुटवल उपमहानगरपालिका- ८ स्थित मिलनचोकमा रहेको डेल्टा मार्टमा करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको सञ्चालकले दावी गरेका छन्। मार्टका सञ्चालक घनश्याम पाठकले आगलागीबाट ५० करोड बढीको क्षति भएको बताए। बिहीबार साँझ ६ बजेदेखि लागेको आगो आठ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । विद्युत्त सर्ट भएर मार्टको चार तलामा आगो लागेको … Read more

सुनको मूल्य एकैदिन १९ सय बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा १ हजार ९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै छापावाल सुन प्रति १० ग्राम भने १ लाख २४ हजार ५५ … Read more

मालढुंगा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ । १३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से ५ किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि ७ किलोमिटर बाँकी रहने छ । सडक कालोपत्र गर्न १३ … Read more

मोटरसाइलकल दुर्घटनामा घाइते वडाध्यक्षको उपचारका क्रममा मृत्यु

दुर्घटनामा परी घाइते भएका उदयपुरको वेलका नगरपालिका-९ का वडाध्यक्ष ४४ वर्षीय पदम खड्काको उपचारका क्रममा मृत्यु भएको छ। काठमाडौंको नर्भिक अस्पतालमा वडाध्यक्ष खड्काको उपचारको क्रममा बिहीबार राति ११:५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। गत जेठ ३० गते मोटरसाइकल दुर्घटनामा परेका खड्कालाई सुरूमा उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठान लगिएको थियो। टाउकोमा गम्भीर … Read more

आज विश्व सङ्गीत दिवस मनाइँदै

काठमाण्डौ – आज विश्व सङ्गीत दिवस मनाइँदैछ । पहिलो पटक सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाउने गरिएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस् विशेष उत्सवका रुपमा मनाइन्छ । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस … Read more

मनसुन आयो, उपत्यकामा मेलम्चीको पानी ठप्प भयो

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै सुरुङको मूलद्वार बन्द गरिने भएको हो । मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार … Read more

लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दो

काठमाडौं । अवैध लागूऔषध प्रयोगकर्ताको तथ्यांक डरलाग्दो अवस्थामा छ । सहरीकरणको विस्तार, खुला सिमाना, वैदेशिक रोजगारीमा सहजतासँगै अवैध लागूऔषध प्रयोगकर्ता सहरमा मात्र नभइ गाउँ गाउँसम्म रहेको पाइएको छ । गृहसचिव एकनारायण अर्यालले २०७६ सालमा भएको लागुऔषध प्रयोगकर्ताको सर्वेक्षणबाट नेपालमा लागु औषध प्रयोग गर्नेको संख्या एक लाख ३० हजार चार सय २४ पुगेको रहेको भएपनि यो … Read more