भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो । सोमबार दिउँसो ३ः५० बजेको समयमा भरतपुर–१० घर भई सोही अस्पतालमा कार्यरत कर्मचारी मगरको छोरी अन्जना मगर अस्पताल प्रांगणमा रहेको सेफ्टीट्याङ्कीमा अचानक खसेकी … Read more

एक्सपर्टको भरतपुर कार्यालयमा नेकपा बहुमत निकट क्रान्तिकारीको कालो ब्यानर

भरतपुर– नेपाल कम्युनिष्ट पार्टी बहुमत निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको कार्यालयमा कालो ब्यानर झुण्ड्याएको छ । चितवनको भरतपुर १० मा अवस्थित कार्यालयमा क्रान्तिकारीका बिद्यार्थीहरुले मंगलबार कालो ब्यानर झुण्ड्याएका हुन । किर्ते कागज बनाएर विद्यार्थीहरूलाई बिदेश पठाएको र उतै अलपत्र पारेकाले एक्सपर्टको कार्यालयमा कालो ब्यानर झुण्ड्याइएको क्रान्तिकारीका जिल्ला इञ्चार्ज सुमन श्रेष्ठले … Read more

चितवन प्रशासनले भन्योः त्रिशुली र नारायणी किनारमा बाढीको जोखिम छ,सचेत रहनु

जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशुली र नारायणी नदी आसपासमा बाढीको जोखिम रहेको भन्दै सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । त्रिशुली नदीको रसुवा र नुवाकोटको माथिल्लो भूभागमा नदीको बहाब बढ्न गई सडक तथा पुलमा क्षति पु¥याएको भन्दै चितवन जिल्लाको त्रिशुली नदीको किनारका दुवैतर्फ पानीको बहाब बढ्नसक्ने चितवन प्रशासनले जनाएको छ । यस्तै नारायणी नदी किनारका … Read more

भरतपुर–२ को अनलाइन पोर्टल शुभारम्भ

भरतपुर महानगरपालिका वडा नं–२ ले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । वडाध्यक्ष मनोज रानाभाटले वार्ड२भरतपुरडटकमको शुभारम्भ गरेका हुन् । सो अवसरमा वडाध्यक्ष रानाभाटले वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित पोर्टल सञ्चालनमा ल्याइएको बताए । ‘हामी यसअघि नै भरतपुरमै उत्कृष्ट वडा भइसकेका छौँ, प्रविधिमा पनि स्मार्ट बन्नुपर्छ भनेर पोर्टल सञ्चालनमा ल्याएका हौँ’, रानाभाटले भने । रानाभाटका अनुसार पोर्टलमा वडाका … Read more

भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

चितवनको भरतपुर महानगरपालिकामा सवारीसाधन मर्मत तथा इन्धनमा मात्रै आन्तरिक आयको ३ दशमलव ६ प्रतिशत रकम खर्च भएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सवारीसाधन मर्मत र इन्धनमा मात्रै ४ करोड ७८ लाख ८४ हजार ८ सय ५७ रुपैयाँ खर्च भएको हो । सो आर्थिक वर्षमा महानगरपालिकाको आन्तरिक आय १ अर्व ३३ … Read more

चितवनको यातायात कार्यालय र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियारको छापा

चितवनको यातायात व्यवस्था कार्यालय र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारको बिशेष टोलीले आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ । अहिले पनि अख्तियारको टोली यातायात कार्यालयमै छ । लाइसेन्स वितरणमा भ्रष्टाचार भएको भन्ने उजुरीका आधारमा अख्तियारले छापा हानेको हो । यस्तै अख्तियारको टोलीले यातायात व्यवस्था कार्यालयसंगै रहेको कुमार मोटर ड्राइभिङ … Read more

भरतपुर महानगरपालिकाले गर्‍यो नियम विपरित ८५ कर्मचारीको नियुक्ति

चितवनको भरतपुर महानगरपालिकाले ठुलो संख्यामा कर्मचारीको नियुक्ति नियमसम्मत नगरेको पाइएको छ । महालेखा परीक्षकको रिपोर्ट अनुसार, महानगरपालिकाले अधिकृत तहदेखि खरिदारसम्मका ८५ जना कर्मचारीको नियुक्ति नियमसम्मत गरेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ८३मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यक्षेत्र बोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणमा स्थायी प्रकृतिको कामको र सेवा करारबाट … Read more

चितवनको राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो

राप्ती नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोका कारण भन्दै ७२ जना दैनिक ज्यालादारी कर्मचारीलाई हटाएको छ । त्यसमा चारजना चिकित्सक, एक इन्जिनियरलगायत रहेका छन् । नगरपालिकाका प्रमुख शम्शेर लामाका अनुसार प्रमुख, उपप्रमुख, एम्बुलेन्सलगायत चालकसमेत हटाउनु परेकामा रहेका छन् । नगरपालिकाले सूचना जारी गर्दै यही आजदेखि लागू हुनेगरी सबै ज्यालादारी कर्मचारीलाई कार्यालय नआउन र हाजिरी … Read more

बिरामीको चाप बढेपछि चितवनको क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो । भर्ना नगरी केमो थेरापी चढाउनुपर्ने बिरामी ‘डेकेयर’मा आउने गर्दछन् … Read more

सरकारले चितवनका ७ पालिकालाई दियो ५ अर्ब १ करोड अनुदान, भरतपुरले पायो २ अर्ब ३६ लाख

संघीय सरकारले आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि चितवनका ७ वटा स्थानीय तहलाई ५ अर्ब एक करोड १८ लाख रुपैयाँ अनुदान दिएको छ । अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत प्रदेश र स्थानीय सरकारलाई दिने अनुदान रकम बाँडफाड गरेको छ । जस अनुसार चितवनका स्थानीय तहले ५ अर्ब बजेट पाउँदा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाले … Read more