महाधिवेशनमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिँदो परिस्थितिमा पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा संशोधित विधान र राजनीतिक अवस्थाबारे समीक्षा हुनुपर्ने बताउनुभएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले आज एक वक्तव्य जारी गर्दै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको विकसित घटनाका सम्बन्धमा महाधिवेशनमा छलफल हुनुपर्नेमा जोड दिनुभएको हो । एमालेको नेतृत्वले गत … Read more

सिंगापुरको उपचारपछि सभापति देउवा दम्पती स्वदेश फर्किँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उनी निकट एक नेताले पुष्टि गरेका छन् । उनी १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर गएका थिए । उक्त समय उपचारका लागि सिंगापुर पुगेका देउवा दम्पती विमानस्थलबाट बाहिरिँदै गर्दा ह्विलचेयरमा देखिएका … Read more

पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न संयोजक दाहालको आग्रह

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा आग्रह गर्नुभएको छ । संयोजक दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध छ । सचिवालयले भनेको छ, “निर्वाचनको … Read more

रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामाथि उच्च अदालत, तुलसीपुरको बुटवल इजलासमा आज पेशी तोकिएको छ। उच्च अदालतको दैनिक पेशी सूची अनुसार, न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा पेशी तोकिएको छ। इजलास नं। १ मा पेशी तोकिएको लामिछानेको मुद्दासँगै छविराज जोशीको मुद्दा पनि राखिएको छ। गत साता उच्च अदालतले लामिछानेको मूल मुद्दाको प्रतिलिपि … Read more

समानुपातिक उम्मेदवार बन्न रास्वपाले गर्‍यो आह्वान, पहिले समानुपातिक सांसद बनेका फेरि बन्न नपाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अगामि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनामा समानुपातिक प्रणालीतर्फको उम्मेदवार आह्वान गरेको छ । चितवनको सौराहामा दुई दिनसम्म चलेको विस्तारित बैठकले समानुपातिक प्रणालीतर्फको उम्मेदवार बन्न आजैदेखि आह्वान गर्ने गरेको हो । पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रूपरेखामा आधारित रहेर उम्मेदवारी आह्वान गरिएको प्रवक्ता मनिष झाले जानकारी … Read more

विचार र सिद्धान्त मिल्नेसँग एकतावद्ध हुने नै हो : रामकुमारी झाक्री

नेकपा (एकीकृत समाजादी) की नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले)मा नै एकतावद्ध हुने पक्षमा आफूहरु रहेको बताउनुभएको छ । आज (बुधबार) काठमाडौंमा आफ्ना समूहका नेताहरुसहित पत्रकार सम्मेलन गरी उहाँले एमालेप्रति संकेत गर्दै आफूहरु त्यसै एकतावद्ध हुने बताउनुभएको हो । उहाँले बोल्नु अघि नै नेता कृष्णकुमार श्रेष्ठले आफूहरु एमालेमा विना शर्त फर्कने बताउनु भएको थियो … Read more

एकीकृत समाजवादीका सम्मानित नेता खनाल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। खनाल मंगलबार राति अध्यक्ष ओलीसँग छलफल गर्न भक्तपुरस्थित गुण्डुमा पुगेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पदाधिकारी माओवादी केन्द्रसहित आठ दलबीच हुन लागेको एकतामा जाने भएपछि खनाल, महासचिव घनश्याम भूसाल, रामकुमारी झाँक्री लगायतका नेताहरु असन्तुष्ट बनेका छन्। … Read more

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लिलितपुरको सानेपामा सुरु भएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा उक्त बैठक सुरु भएको हो । उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायत पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापति सहभागी हुनुहुन्छ । आजको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत … Read more

काङ्ग्रेस नेत्री जोन्छेंको निधन, केन्द्रीय नेताहरुद्वारा श्रद्धाञ्जली

नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं वाग्मती प्रदेशसभाकी पूर्वसदस्य रजनी जोन्छेँको ७७ वर्षको उमेरमा निधन भएको छ । सहिद राधेश्याम जोन्छेँकी पत्नी रजनीको मध्यपुर अस्पतालमा क्यान्सरको उपचारका क्रममा आज बिहान निधन भएको हो । नेत्री जोन्छेको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसका केन्द्रीय नेताहरू विमलेन्द्र निधि, प्रकाशशरण महत, नेपाली काङ्ग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापालगात नेताले पार्टीको झण्डा ओढएर … Read more

किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट छुट्टिएर गोपाल किराँतीको नेतृत्वमा गठन भएको देशभक्त समाजवादी मोर्चा झण्डै आठ वर्षपछि माओवादी केन्द्रमै समाहित भएको छ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष किराँतीले आज पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । मुलुकको पछिल्लो परिस्थितिलाई सही दिशा दिन क्रान्तिकारीबीच एकता र ध्रुवीकरण अनिवार्य भएको सहमतिपत्रमा उल्लेख … Read more