कांग्रेस नेता खतिवडालाई पितृ शोक

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडालाई पितृ शोक परेको छ । उहाँका पिता जीवनाथ खतिवडाको डिल्लीबजारस्थित निवासमा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । दमसम्बन्धी समस्या खेप्दै आउनुभएका खतिवडा आइतबार साँझ नियमित खाना खाएर सुत्नुभएको थियो । उहाँको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको उहाँका छोरा नेता खतिवडाले … Read more

महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । पार्टीको १५औँ महाधिवेशनको मिति तोक्नेसम्बन्धी प्रस्ताव केन्द्रीय … Read more

बालेनप्रति लक्षित गर्दै शिक्षामन्त्री महावीर पुन- सर्को तानेको बेला नलेखौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गएराति लेखेको अश्लिल स्टाटसप्रति शिक्षामन्त्री महावीर पुनले ‘सर्को तानेका बेला’ भनी व्याख्या गरेका छन् । तर उनले बालेनको नाम भने उल्लेख गरेका छैनन् । पुनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्–केही केही आशालाग्दा अभियन्ताहरु र अगुवाहरुले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ । सर्को ताने पनि केही … Read more

बालेनको स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भयोः महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन साहको स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भएको बताएका छन‍्। तीन वर्ष अगाडि बालेनको हैसियत र यथार्थको बारेमा टिप्पणी गर्दा आफूलाई गाली गर्ने धेरैले अहिले ठीक भन्ने गरेको बताउँदै बस्नेतले बालेनको स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भएको जिकिर गरेका हुन्। तीन वर्ष अगाडि जब … Read more

बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण

कथाकार होमशङ्कर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ रोदन, छविरमण सिलवाल, आरएम डङ्गोल, कृतिकार होमशङ्कर बास्तोला, प्रदीप सापकोटा, रोजु गौतमलगायतले उक्त कथाकृति संयुक्तरुपमा लोकार्पण गर्नुभएको हो । सो अवसरमा साहित्यकार ‘रोदन’ले हरेक मानव जीवनमा कुनै न कुनै कथा हुन्छन् तर त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने … Read more

जेनजी प्रदर्शनमा घुसपैठ भएर न्यायालयमाथि प्रहार भयोः महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जेनजी प्रदर्शनका क्रममा घुसपैठ भएर न्यायालय र प्रहरी प्रशासनमाथि प्रहार भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले न्यायालयमाथिको आक्रमण सामान्य नभएकाले निष्पक्ष छानबिन गरी आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले न्यायालय र प्रहरी प्रशासनमाथि प्रहार … Read more

हतारमा पार्टी एकता नगर्न नारायणकाजी श्रेष्ठको अपिल

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले हतारमा पार्टी एकता नगर्न आग्रह गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले हतार गरेर न समग्र एकता न सार्थक पुनःगठनको स्थिति नबनोस् भन्नेमा सचेत हुनुपर्ने धारणा राखेका हुन्। ‘नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक–सांस्कृतिक रूपान्तरण, एकीकरण र पुनःगठन आजको आवश्यकता हो र त्यस दिशामा सार्थक पहल समयको निर्देश हो। तर … Read more

राष्ट्रियसभाका सचिव अर्यालद्वारा राजीनामा

राष्ट्रपति रामचन्द्र पौडेल, सङ्घीय संसद्का महासचिव र प्रतिनिधिसभाका सचिवसमक्ष राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले आजदेखि लागू हुनेगरी राजीनामा दिनुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गर्नुभएको विज्ञप्तिअनुसार सचिव अर्यालले राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५ को दफा (६) को खण्ड ‘क’ बमोजिम आजैदेखि लागू हुनेगरी राजीनामा स्वीकृत हुन पदबाट लिखित राजीनामा … Read more

बालेनले गृहमन्त्री हटाउन दबाब दिएको भन्दै ईः ईः को टिप्पणीः प्रधानमन्त्री पनि फेरिन सक्छन्

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिएको चर्चाबीच सामाजिक अभियन्ता ईशान अधिकारी (ईः ईः)ले प्रधानमन्त्रीसमेत परिवर्तन हुनसक्ने टिप्पणी गरेका छन् । बालेनले राजु पाण्डे, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउन खोजिरहेको र ओम प्रकाश अर्याललाई हटाए प्रधानमन्त्री नै परिवर्तन हुने परिस्थिति बन्ने उनको दाबी छ । प्रधानमन्त्री कार्कीले नै सल्लाहकार … Read more

एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय मर्मत थालेको छ । गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा एमाले केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी भएपछि पार्टीले मर्मत सुरु गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँले तोडफोड र आगलागीबाट क्षति भएको भवनको छानो तथा पर्खालहरू मर्मतका साथै रङ्गरोगनका काम … Read more