बाराको जीतपुरमा हुने ५१ कुण्डीय गायत्री महायज्ञको तयारी तिव्र

बारा, माघ २६ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा हुन गैरेको ५१ कुण्डीय वेदमाता गायत्री महायज्ञको तयारी तिव्र गरिएको छ । फाल्गुन १५ गते देखी १८ गते सम्म संचालन हुने ५१ कुण्डीय गायत्री महायज्ञको तयारी तिव्र गरिएको हो ।

गायत्री तिर्थ शान्तिकुंज हरिद्धारको मार्गदर्शन र जीतपुरसिमरा हिन्दु समाजको आयोजनामा हुने उक्त गायत्री महायज्ञ जीतपुरस्थित रहेको बंगालीबाबा युग धर्मआश्रम केराढोकामा हुने आयोजक समितिको अध्यक्ष संतोष कुशवाहाले बताएका छन् ।

उनले ५१ कुण्डीय वेदमाता गायत्री महायज्ञको तयारी तिव्रगतिमा भइरको बताउदै समितिका पदाधिकारीहरु र स्थानियहरुको भेला गरि महायज्ञको तयारीमा जुट्न समेत आग्रह गरेका थिए ।

भेलामा आयोजक मुल समितिका पदाधिकारी, सदस्य, स्थानिय युवा एवं भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो । उपस्थित सबैले महायज्ञको तयारीमा जुट्ने प्रतिवधता गर्दै यज्ञ सफल पार्न जीतपुरसिमराका बासी संग आग्रह गरेका थिए ।

सेयर गर्नुहोस्