डिम्याट खाता खोल्न साउन १ देखि राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने

काठमाडौं : आगामी साउन १ गतेदेखि नयाँ डिम्याट (हितग्राही) खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सञ्चालक समितिको जेठ १३ गतेको निर्णयअनुसार यो व्यवस्था लागू गर्न लागेको जानकारी दिएको हो। कम्पनीका अनुसार पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउन राष्ट्रिय परिचय नम्बरलाई अनिवार्य गरिएको हो। यो व्यवस्था … Read more

गाजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन आईडीएफलाई नेतन्याहुको निर्देशन

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इजरायली रक्षा बल (आईडीएफ)लाई गाजा क्षेत्रमा आफ्नो नियन्त्रण ७० प्रतिशतसम्म विस्तार गर्न निर्देशन दिएका छन् । बिहीबार आयोजित एक सम्मेलनमा बोल्दै उनले हाल इजरायलले गाजाको ६० प्रतिशत भूभाग नियन्त्रणमा लिइसकेको दाबी गरे । ‘अहिले हामीले हमासलाई खुम्च्याइरहेका छौँ । हामी पहिले ५० प्रतिशतमा थियौं, अहिले ६० प्रतिशत पुगेका … Read more

भारत उडे डा. बाबुराम भट्टराई

काठमाडौं, फागुन २७- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् । ‘एनएक्सटी २०२६ ग्लोबल समिट’ नाम दिइएको सो बौद्धिक तथा वैज्ञानिक विमर्श नयाँ दिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४ मा आयोजना हुनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र … Read more

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहितापालना गर्न यहाँ राजनीतिक दल तथा उम्मेदवार सहमत भएका छन् । दुर्गम मानिने बाँकेको नरैनापुरमा आयोजना भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् ।जिल्लाका मुख्य निर्वाचन प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा गम्भीर हुन आग्रह गर्दै आयोगले … Read more

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छभने मोटरसाइकल चालक घाइते भएका छन् ।कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२०प.११६८ नम्बरको स्कुटरसँग ठोक्किएपछि सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क. ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी भक्तपुरका … Read more

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन् । बुधबार दिनभरि हिमपात भएपछि सडकको हिउँ पन्छ्याउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।बुधबार सडकमा फसेका करिब तीन सय यात्रुलाई उद्धार गरिएको थियो । आज पनि बिहानैदेखि सडकमा जमेको हिउँ पन्छाउन थालिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले बताउनुभयो ।रुकुम पूर्वतर्फको … Read more

सुरौदी खोला कटानः वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै

कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय प्रत्येक पटकका चुनावमा उम्मेदवारका प्रमुख मुद्दा बन्ने गरेका छन् । विसं २०४८ देखि नै यही मुद्दाको सम्बोधन हुने आशामा यहाँका मतदाताले धेरै उम्मेदवारलाई भोट हालिसकेका छन् । तर सुरौदी खोला कटान पीडितका समस्या अहिले पनि ज्यूँका त्यूँ छ ।कास्की, स्याङ्जा र तनहुँ तीन जिल्ला हुँदै बग्ने … Read more

प्रतिनिधिसभा निर्वाचनः नदी नियन्त्रण र वन संरक्षण मतदाताका मुख्य माग

जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल सुरु भएको छ । चुरे क्षेत्र ओगटेको यस क्षेत्रमा वन सम्पदा संरक्षण र नदी नियन्त्रण मतदाताका मुख्य माग बनेका छन् । जिल्लाको सुदूरउत्तरका बर्दिबास नगरपालिकाका १४ ९सबै०, गौशाला ३, ४, ५ र ९० समेत जम्मा ३० वडा महोत्तरी–१ प्रतिनिधिसभा क्षेत्रमा पर्छन् । जिल्लाका रातु, जङ्घा, मरहा, टुटेश्वर, … Read more

मधेस प्रदेशको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेनजी’अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिविम्बित गरेको छ । विशेषगरी गत भदौमा भएको नवयुवाको आन्दोलनपछि राजनीतिमा उनीहरूको प्रत्यक्ष हस्तक्षेप बढेको छ । मधेस प्रदेशमा पनि त्यो अनुभूत भएको छ । जेनजी अभियानकर्मीहरूका … Read more

अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकलाई अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरेको छ । गएरातिदेखी जिल्लाका हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेकाले जिल्लावासीलाई अत्यावश्यक काम नपरी यात्रा नगर्न र यात्रा गर्नै परे उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै हिमाली तथा उच्च … Read more