‘कक्रोच पार्टी’ को प्रदर्शन हेरेपछि सांसद महरको प्रश्न: यस्ताले गरेको आन्दोलन कहिले सफल होला ?

नेकपा एमालेका सांसद ऐन महरले भारतमा भएको जेनजी प्रदर्शनलाई लिएर प्रश्न गरेका छन्। गत भदौमा नेपालमा भएको जेनजी प्रदर्शनलाई शनिबारको कक्रोच जनता पार्टीको जेनजी प्रदर्शनसँग तुलना गरेर उनले प्रश्न गरेका हुन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘एउटा सलाइको काँटी बालेनन्, एउटा ढुँगा समेत फालेनन्, हैदरावाद हाउस, राष्ट्रपति भवन, छानिछानी व्यक्तिका पसल, होटल, घर, गाडी केही … Read more

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सभापति लामिछानेसँग भेटवार्ता भएको जानकारी दिएका छन् ।

विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित

काठमाडौँ : विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा बोलेको ‘नेपालले पनि भारतको सिमा मिचेको छ’ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विरोध गरेपछि राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पटक पटक आ-आफ्नो आसनमा बस्न आग्रह गरेपनि सांसदहरूले नमानेपछि बैठक जेठ २६ गते दिनको सवा … Read more

भूमि समस्या समाधान समितिको अध्यक्षमा बास्तोला नियुक्त

काठमाडौँ । भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका उनलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।सोही समितिको सदस्य पदमा अमिर प्रसाद न्यौपाने (काठमाडौँ), पद्मिनी सोती (लमजुङ) र डा रेहना श्रेष्ठ (काठमाडौँ)लाई नियुक्ति गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए

संसदीय समिति सभापतिमा ३३ प्रतिशत महिला अनिवार्य, तोडफोड गर्ने सांसदले नै क्षतिपूर्ति भर्नुपर्ने

काठमाडौँ । ‘प्रतिनिधि सभा नियमावली २०८३’ सोमबारदेखि कार्यान्वयनमा आएको छ । आइतबार विपक्षी दलहरूको बेल घेराउबिच तनावपूर्ण अवस्थामा पारित नियमावली सोमबारदेखि कार्यान्वयनमा आएको हो ।सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले यही नियमावलीको नियम ३३ को उपनियम ४ बमोजिम छानबिन समिति बनाएको घोषणा गरेका थिए ।नियमावलीलाई सङ्घीय विशेष कानुनसरह मान्यता दिइएको छ । नियमावलीले संसदीय … Read more

दिल्ली लागे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भ्रमण भ्रमणका लागि लागि प्रस्थान गरेका छन् । पाँच दिने भ्रमणको लागि दिल्ली उडेका हुन् । उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका छन् रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य छन् ।नयाँ … Read more

५ वर्षलाई सोचेर ल्याएको बजेट हो : अर्थमन्त्री

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आइतबारको प्रतिनिधिसभा बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको केही खण्ड आए पनि पूर्ण पाठ सरकारलाई प्राप्त भैनसकेको जवाफ दिए । साथै, उनले आयोगको सो प्रतिवेदन मात्र नभई पुराना सबै आयोगका प्रतिवेदनहरू एकैसाथ अध्ययन गरेर मात्र सार्वजनिक गर्ने र कारबाही अघि बढाउने सरकारको योजना … Read more

पूर्वगृहमन्त्री गुरुङबारे छानबिन प्रतिवेदन आज सरकारलाई बुझाइँदै

काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले आज सरकारलाई राय–सुझावसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ। समितिले गुरुङसँग बयान लिने, सम्पत्ति विवरण अध्ययन गर्ने लगायतका कार्य पूरा गरेपछि प्रतिवेदन बुझाउन लागिएको समितिका सदस्य अच्युतमणि नेउपानेले जानकारी दिए। ‘हामीले पूर्वगृहमन्त्री गुरुङसँग बयान लिने, सम्पत्ति विवरणलगायतका … Read more

नेपालले अतिक्रमण गरेको भारतको भूमि सार्वजनिक गर्न रास्वपा सांसद तामाङको माग

रास्वपा सांसद आशिका तामाङले नेपालले अतिक्रमण गरेको भारतको भूमि सार्वजनिक गर्न माग गरेकी छिन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको’ भन्दै विवादित अभिव्यक्ति दिएका थिए। सो बारे आज सांसद तामाङले यसबारे स्पष्ट पारिदिन माग गरेकी हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छिन्,‘ प्रधानमन्त्री ज्युले नेपालले भारत को … Read more

आयकरको सीमा बढ्यो, १० लाखसम्म एक प्रतिशत मात्रै कर

आयकर छुटको सीमा बढेको छ ।  शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । यस अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्‍याइएको छ ।