बालेनको हातमा आएको कूटनीतिक अवसर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठनसँगै नेपाल एकपटक फेरि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको राडारमा छ। जसको सुरुवात भदौ २३ र २४ को जेन–जी आन्दोलनबाट भएको थियो। यो चासो केवल सरकार परिवर्तनका कारण होइन, नेपालमा लामो समयपछि देखिएको राजनीतिक स्थायित्व, युवा नेतृत्व, सुशासनको प्रतिबद्धता, आर्थिक सुधारको संकेत र क्षेत्रीय भूराजनीतिक प्रतिस्पर्धासँग गहिरो रूपमा जोडिएको छ। विगत … Read more

सङ्कटमा अर्थतन्त्र, त्राहिमाम् व्यवसायी : कस्तो आउला नयाँ बजेट ?

बालेन शाह नेतृत्वको नयाँ सरकार बनेको ६० दिन पार भएको छ। सरकार गठनको दुई महिनामै नयाँ बजेट ल्याउने अभूतपूर्व अवसर सरकारले पाएको छ। हुन त, ६० दिनमा बालेन सरकारले चालेका कदम र उसका गतिविधिलाई धेरैले अर्थात् पुराना दलहरूले त्यति रुचाएका छैनन्। नयाँ सरकारका पनि कमीकमजोरी नभएका होइनन्। विसङ्गति पखाल्ने नाममा व्यावसायिक वातावरण भत्काइएको छ। व्यवसायी … Read more

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।  बिहीबार बिहान ११:३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको संसदीय दलको कार्यालयले बुधबार जनाएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ। कांग्रेसले आफ्ना सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन सूचित गरेको छ।

हर्क साम्पाङले गरे संसद बैठक बहिष्कार

काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले आजको संसद बैठक बहिष्कार गरेका छन् । प्रतिनिधिसभाको आजको वैठक सुरु हुना साथ बोलेका सांसद साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग माग गरेका थिए । उनले कि प्रधानमन्त्री बालेन शाहलाई सदनमा ल्याउनु पर्ने कि आफूलाई संसदबाट … Read more

भदौं २४ को घटनामा सरकारको ढाकछोप कुनै हालतमा स्वीकार्य हुँदैन : गगन थापा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले भदौं २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वकार्य नहुने बताएका छन् । शनिबार विराटनगर स्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा सभापति थापाले भाद्र २४ गतेको विध्वंशको छानबिन नगर्ने र घटनाको ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य नहुने बताएका छन् । उनले सरकारले … Read more

योजना छनोटमा कडाइ गर्दै लुम्बिनी सरकार

स्थानीय तहमा कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण बनेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले दरबन्दीअनुसारको कर्मचारी विवरण तत्काल पठाउन स्थानीय तहलाई आग्रह गरे । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले अधुरा योजना, बहुवर्षीय योजना तथा खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिने बताए । उनले बजेटको आकार खुम्चिँदै गएको सन्दर्भमा नयाँ योजनामा जान कठिन हुने उल्लेख गर्दै … Read more

सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सदस्यहरू आ-आफ्नो आसनबाट उठेर भनाइ राख्न सभामुखसँग समय माग गरे। यसपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका अध्यक्ष हर्कराज राईलाई बोल्ने समय दिए। अध्यक्ष राईले जनताको सार्वभौम थलो प्रतिनिधि सभामा प्रधानमन्त्री र मन्त्रीहरू नियमित उपस्थित भई सदनमा उठान भएका प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने माग गरे। उनले प्रधानमन्त्री … Read more

प्रधानमन्त्रीको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे यस्तो विज्ञप्ति

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको अपमान गरेको र संसदीय परम्पराको बेवास्ता गरेको भन्दै पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन्।सांसद साम्पाङले प्रधानमन्त्री बालेन शाहमाथि संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको र जनताको सार्वभौम सदनलाई … Read more

एमालेको सचिवालय बैठक शनिबार

नेकपा (एमाले) को सचिवालय बैठक आह्वान गरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार (जेठ २) बस्ने गरी सचिवालय बैठक बोलाएका उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । “शनिबारलाई बैठक भन्ने थाहा भयो, तर समय र स्थान भने टुंगो लागिसकेको छैन,” पौडेलले भने । एमालेमा निर्वाचन परिणामको समीक्षा हुन नसकेको, पार्टी पुनर्गठन गरिनुपर्नेलगायत माग केही … Read more