आयकरको सीमा बढ्यो, १० लाखसम्म एक प्रतिशत मात्रै कर

आयकर छुटको सीमा बढेको छ ।  शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । यस अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्‍याइएको छ ।

झगडा छुट्टाउने क्रममा युवकको मृत्यु

काठमाडौँ :  रौतहटमा झगडा छुट्टाउने क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ घर भएका ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । झगडा छुट्टाउने क्रममा सुवेदीलाई धकेल्ने बारा निजगढ नगरपालिका–६ घर भएका ३८ वर्षीय विमल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले … Read more

सुकुमबासी बस्ती हटेपछि बागमती करिडोर खुला, सौन्दर्यीकरणको काम अघि बढ्ने

काठमाडौँ : सरकारले थापाथलीस्थित सुकुमबासी बस्ती हटाइएपछि बागमती नदी किनार क्षेत्र अहिले खुला र फराकिलो देखिन थालेको छ। वर्षौँदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका टहरा तथा अस्थायी संरचना हटाइएपछि उक्त क्षेत्रको स्वरूपमा परिवर्तन देखिएको हो। बागमती करिडोर विस्तार तथा नदी किनार संरक्षणको उद्देश्यसहित सञ्चालन गरिएको खाली गराउने अभियानपछि अहिले नदी किनार सफा, व्यवस्थित र खुला देखिएको … Read more

जुम्लाका शिक्षकविरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार न्यौपानेले माध्यमिक विद्यालय गणित (राहत) शिक्षक पदमा नियुक्ति लिन त्रिभुवन विश्वविद्यालयबाट जारी गरिएको भनिएको प्रविणता प्रमाणपत्र तह तथा स्नातक तहका झुट्टा … Read more

वीरगञ्जको सिद्धार्थ माविमा कक्षा ७ मा पढाइ चलिरहँदा पंखा खस्दा विद्यार्थी घाइते

वीरगञ्ज को एउटा विद्यालयमा कक्षा चल्दै गर्दा अचानक घुम्दै गरेको पंखा खसेपछि सो कक्षाका ७ जना विद्यार्थी घाइते भएका छन्।

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

राष्ट्रिय तथ्याङ्क कार्यालयले सुरु गरेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ मा हाल सम्म ८७ दशमलव शून्य आठ प्रतिशत गणना सम्पन्न भएको छ । थापाथलीस्थित कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत गणनाको हालसम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो । कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले वैशाख २ गतेदेखि सुरु भएको गणना आगामी असार ७ गतेसम्म … Read more

चितवनमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका दुई बालबालिका मध्य थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु … Read more

प्रधानमन्त्रीको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे यस्तो विज्ञप्ति

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको अपमान गरेको र संसदीय परम्पराको बेवास्ता गरेको भन्दै पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन्।सांसद साम्पाङले प्रधानमन्त्री बालेन शाहमाथि संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको र जनताको सार्वभौम सदनलाई … Read more

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिक शरिरलाई पशुपतिमा अन्तेष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।अन्त्येष्टि क्रममा उनका छोरा एवं एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दागबत्ती दिएका थिए । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको … Read more