झगडा छुट्टाउने क्रममा युवकको मृत्यु

काठमाडौँ :  रौतहटमा झगडा छुट्टाउने क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ घर भएका ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

झगडा छुट्टाउने क्रममा सुवेदीलाई धकेल्ने बारा निजगढ नगरपालिका–६ घर भएका ३८ वर्षीय विमल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ  ।

 

 

सेयर गर्नुहोस्