नागढुंगा सुरुङमार्ग आजदेखि सःशुल्क, कति तिर्नुपर्छ ?

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि आजदेखि टोल शुल्क निर्धारण गरिएको जानकारी दिएको हो। सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा फरक–फरक शुल्क तोकिएको छ। सूचनाअनुसार आजदेखि … Read more

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको … Read more

नेपाल स्क्राबल संघ गठनका लागि तदर्थ समिति गठन

बुटवल, १५ कात्तिक । नेपालमा स्क्राबल खेलको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल स्क्राबल संघ गठन तथा दर्ता प्रक्रिया अघि बढाउन केशवप्रसाद पराजुलीको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ। बुटवलस्थित तिलोत्तमामा आज सम्पन्न राष्ट्रिय भेलाले नेपालमा स्क्राबल खेलको संस्थागत विकास र देशव्यापी विस्तारलाई व्यवस्थित बनाउने लक्ष्यसहित संघ दर्ता गर्ने निर्णय गर्दै तदर्थ समिति गठन … Read more

डोल्पा कारागारबाट यसरी ४ मिटर लामो सुरुङ खनेर ८ कैदी फरार (तस्बिर)

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट यसरी सुरुङ खनेर फरार भएका थिए। कैदीबन्दी। शुक्रबार राति कारागारभित्र करिब ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर आठ जना कैदी फरार भएका हुन्। घटनापछि प्रहरीले फरार कैदीहरूको खोजी तथा घटनाबारे अनुसन्धान गरिरहेको छ।

लगातारको वर्षाका कारण जलमग्न त्रिवि क्रिकेट मैदान, आजका खेलहरू नहुने सम्भावना (तस्विरसहित)

लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जलमग्न बनेपछि नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजका खेलहरू नहुने सम्भावना बढेको छ। मैदानमा पानी जम्नुका साथै खेल सञ्चालनका लागि आवश्यक अवस्था अनुकूल नदेखिएकाले आजका खेल प्रभावित हुन सक्ने अनुमान गरिएको छ।  

श्रीलङ्काली अलराउन्डर थरिन्दु रथनायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलङ्काली अलराउन्डर थरिन्दु रथनायकेले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल खेल्नुहुने भएको छ । तीस वर्षीय रथनायके बायाँहाते ब्याटर हुन् । उहाँ दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्नुहुन्छ । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उहाँ फरक शैलीका बलरका रूपमा परिचित हुनुहुन्छ । रथनायकेले श्रीलङ्काका लागि … Read more

‘अर्नव’ चक्रवातको जोखिममा कृषि र पर्यटन, सतर्कता अपनाउन आग्रह

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभाव बिहीबार बेलुकादेखि शनिबारसम्म नेपालमा देखिन सक्ने भन्दै कृषि तथा पर्यटन क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले पाकेको धान र पशुपन्छीको सुरक्षामा ध्यान दिन विज्ञहरूले सुझाएका छन् । जल तथा … Read more

शरद ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन् । शरद् ऋतुमा हिमाल आरोहण गर्न १६१ टोलीले अनुमति लिएका हुन् । पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीले ४४ हिमाल आरोहणका लागि एक हजार ६९ पुरुष र ३४१ महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो । आरोहण अनुमति प्रदान … Read more

केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

काठमाडौं, कात्तिक १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गर्नुभएको हो । पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान जन्मिन थालेको … Read more

एनपीएलः विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। यससँगै चितवनले ८ रनको जित निकालेको हो।