रत्नपार्कको फुटपातमै दशैंका लागि नयाँ नोटको साटासाट (तस्बिरहरू)

बडादशैं नजिकिएसँगै राजधानीको मुख्य व्यापारिक तथा व्यस्त क्षेत्र रत्नपार्क वरपर नयाँ नोट साट्नेहरूको चहलपहल बढेको छ । नेपाल राष्ट्र बैंक तथा अन्य वाणिज्य बैंकहरूले नयाँ तथा सुकिला नोट वितरणको व्यवस्था मिलाए पनि सर्वसाधारणहरू लाइन बस्ने झन्झट छल्न फुटपातमै पुगेर नोट साटिरहेका छन् । रत्नपार्कको सडक किनारमै बसेर व्यवसायीहरूले कमिसन लिएर ५, १०, २०, ५० र … Read more

भरतपुरका सडक र बजार अब सिसी क्यामेराको निगरानीमा

चितवन । भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको छ । यसअघि जडान भएका पुराना काम गर्ने २०४ सिसी क्यामेरालाई समेत यसै प्रणालीअन्तर्गत ल्याउनेगरी जडान भइरहेको छ । यससँगै … Read more

बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि ; मिट माइ मिनिस्टर ’ कार्यक्रम सम्पन्न ।

असोज २८ , काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य (EVAC) तथा बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (CRC) अन्तर्गत नेपालको प्रतिवेदन तयारीका सन्दर्भमा आयोजित दुईदिने राष्ट्रिय परामर्श कार्यक्रमअन्तर्गत असोज २७ गते ‘Meet My Minister’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य संयुक्त राष्ट्रसङ्घीय बालअधिकार समितिले नेपालको छैटौँ र … Read more

हामीले भोगेको विपद् पूँजीवादी देशहरूले गरिब देशहरूमाथि गरेको अन्यायको परिणाम होः प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा र नुवाकोटमा गएको प्रलयकारी बाढीबाट भएको क्षतिमा जलवायु परिवर्तन र विकसित पूँजीवादी देशहरूको गलत विकास मोडेल जिम्मेवार रहेको बताएका छन् । मंगलबार नुवाकोटमा बाढीपीडितलाई अस्थायी आवास हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्र बुझ्न नहुने बताए । ‘धेरैले भन्छन् यो प्राकृतिक विपद् हो। तर यो … Read more

सवारी दर्ता र नामसारीमा सहज, धनी स्वयं उपस्थित हुन नपर्ने

नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरिएको छ । संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि दर्ता तथा नामसारी गर्न सकिनेछ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत दर्ता तथा नामसारीको काम गर्न सक्ने … Read more

चाडपर्वमा पनि विमानस्थलमा परदेशीहरूको भीड

बडादशैंको रमझम सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परदेशिने नेपालीहरूको बाक्लो भीड देखिएको छ । दशैंको तेस्रो दिन मंगलबार पनि चाडपर्वको खुसी छाडेर वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य युवाहरूको विमानस्थलमा बाक्लो भीड छ । चाडबाडको मुखमा परिवार र आफन्तजनसँग बिछोडिनुपर्दा विमानस्थल परिसरमा भावुक दृश्य देखिएको छ ।

शक्तिशाली एल निनोले सन् २०२७ मा तापक्रमको नयाँ रेकर्ड बन्ने चेतावनी

शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन सेवाले जनाएको छ । यसले सन् २०२७ मा विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । इयुको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार ‘निनो ३.४’ क्षेत्रमा समुद्री सतहको … Read more

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन दिनुभयो । ] उहाँले भन्नुभयो, “पेसागत … Read more

सुनको मूल्य २ हजार एक सय रुपैयाँले घटेर २ लाख ९४ हजार चार सय रुपैयाँमा कायम

नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ … Read more

धादिङको गजुरीमा सडकखण्ड आज राती ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रुपमा बन्द

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौंदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सडक मर्मत तथा सम्भार गर्नुपर्ने भएकाले असोज २६ गते सोमबार राति ११ बजेदेखि असोज २७ गते बिहान ५ बजेसम्म उक्त सडकखण्ड भएर सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक्ने … Read more