काठजन्य सामग्रीको आयात प्रतिस्थापन गरिनेछ :वनमन्त्री शाही

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले काठजन्य सामग्रीको आयात प्रतिस्थापन गरिने लक्ष्य रहेको बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय तर्फ प्रतिनिधिसभामा बजेट छलफलमा उठेका सवालको जवाफ दिँदै मन्त्री शाहीले काठजन्य सामग्रीको आयात प्रतिस्थापन गर्ने गरी प्रदेश सरकारमार्फत् कार्यान्वयन गर्न सशर्त अनुदानको व्यवस्था गरिएको बताउनुभएको हो । “सामुदायिक वन, साझेदारी वन, सरकारद्वारा व्यवस्थित वनमा … Read more

डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले डेङ्गी रोग नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्नुहुँदै सांसदहरू गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल र उदयबहादुर बोहराले देशभर डेङ्गी नियन्त्रणका लागि सरकारको पहल कमजोर देखिएको धारणा राख्नुहुँदै यस विषयमा गम्भीर हुनुपर्ने बताउनुभएको हो । अहिले ७३ जिल्लामा डेङ्गी रोग फैलिएको र एक हजार ४०० भन्दा बढी व्यक्ति … Read more

सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्छुः अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समिति सभापति धर्मराज पाठक नेतृत्वको टोलीसँग आज भएको भेटका क्रममा उहाँले सङ्घीयता कार्यान्वयनसँग जोडिएका निजामती र प्रहरीलगायतका ऐनरकानुन  जतिसक्दो चाँडो ल्याउन पहल गर्ने बताउनुभयो । प्रदेशसभा सदस्यहरू ओमविक्रम भाट, खुशीराम थारू, झपडबहादुर साउद, … Read more

आर्यघाटमा पनि भ्रष्टाचारः शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार गर्ने १४ जनाविरुद्ध मुद्दा दायर

पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पशुपति क्षेत्र विकास कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्‍याएर भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले कोषका सदस्य सचिव डा … Read more

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम ९गर्डर० राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न भएको छ । उहाँले तीमध्ये दुईवटा पुलको ढलान असार … Read more

भरतपुर महानगरको नीति तथा कार्यक्रमः ‘हरियाली सहर’ कार्यक्रमदेखि ‘वर पिपल’ रोप्ने अभियानसम्म

भरतपुर महानगरपालिकाले समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित सहर निर्माणलाई प्राथमिकतामा राखेको छ । महानगर प्रमुख रेनु दाहालले आज १७ औँ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महानगरपालिकाले पूर्वाधार निर्माणलाई निरन्तरता दिदै हरियाली प्रर्वधन र सुरक्षित महानगरका रुपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको … Read more

भरतपुर–२ को अनलाइन पोर्टल शुभारम्भ

भरतपुर महानगरपालिका वडा नं–२ ले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । वडाध्यक्ष मनोज रानाभाटले वार्ड२भरतपुरडटकमको शुभारम्भ गरेका हुन् । सो अवसरमा वडाध्यक्ष रानाभाटले वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित पोर्टल सञ्चालनमा ल्याइएको बताए । ‘हामी यसअघि नै भरतपुरमै उत्कृष्ट वडा भइसकेका छौँ, प्रविधिमा पनि स्मार्ट बन्नुपर्छ भनेर पोर्टल सञ्चालनमा ल्याएका हौँ’, रानाभाटले भने । रानाभाटका अनुसार पोर्टलमा वडाका … Read more

अध्यक्षमा कुँवर र महासचिवमा घिमिरे देखिए अग्रस्थानमा ।

असार ६, काठमण्डौं काठमाण्डौंको कार्की वैङ्केटमा सम्पन भइरहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १४ औं राष्ट्रिय अधिवेसनमा अध्यक्ष पदका उमेदवार स्याङ्जाका यमवहादुर  कुँवर र ललितपुरका महासचिव पदका उमेदवार सुरेन्द्र कुमार घिमिरे अग्रस्थानमा रहेका छन्। अधिराज्यभरि वाट हजारौको संख्यामा काठमाण्डौँ आएका शिक्षकहरुका अनुसार यूवा शिक्षकहरुको मनोभावना र सङ्गठनमा देखिएको वेथिति लाई निर्मूल पार्ने विश्वासिलो उमेदवार कुँवर र … Read more

पूर्वी पहाड जोड्ने तीनवटै लोकमार्ग जीर्ण र जोखिमपूर्ण

कोशी प्रदेशका पहाडी जिल्ला जोड्ने मुख्यत: तीनवटा ठूला सडकमार्ग छन्- कोशी, मेची र सगरमाथा लोकमार्ग । मेची लोकमार्गले झापाबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङलाई तराईसँग जोड्छ । कोशी लोकमार्गले धनकुटा हुँदै तेह्रथुम, भोजपुर र संखुवासभालाई तराईसँग जोड्छ भने सगरमाथा लोकमार्गले उदयपुरबाट ओखलढुंगा, खोटाङ र सोलुखुम्बलाई तराईसँग जोड्छ । मेची, कोशी र सगरमाथा लोकमार्ग पहाडी जिल्लाका लाइफलाइन … Read more

रास्वपाद्वारा प्रधानमन्त्रीलाई आफ्नो माग सुनाउन नपाएको गुनासो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको जनाएका छन् । ‘भिजिट भिसा’ प्रकरणको उठाई संसद्मा विरोध जनाउँदै आएको सो पार्टीले आजको बैठकमा आफ्नो कुरा राख्न नपाउने र प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी प्रधानमन्त्रीज्यूलाई … Read more