प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा ऊर्जा र लगानी मुख्य प्राथमिकतामा

प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने औपचारिक भ्रमणका लागि आज आइतबार भारत जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी मंसिर ६ देखि ७ सम्म भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो भारत भ्रमण हो । साथै, प्रधानमन्त्रीका रूपमा उनको यो पहिलो द्विपक्षीय विदेश भ्रमणसमेत हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री … Read more

राप्रपा अध्यक्षमा ज्ञानबहादुर शाहीको उम्मेदवारी घोषणा, अध्यक्ष लिङदेनलाई सर्वोच्च नेताको हैसियतमा बस्न प्रस्ताव

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले आसन्न पार्टी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले पार्टीका वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनलाई सर्वोच्च नेताको रुपमा बस्न समेत प्रश्ताव गर्नुभयो । उहाँले पार्टीमा पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै अग्रजको अनुभव र … Read more

केपी ओलीको प्रश्न– ‘ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! हामी मजाकका पात्र हौँ ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको बताउनुभएको छ । पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाँले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरुलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाउनु भयो । राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने धम्की दिनु गैरजिम्मेवारपूर्ण भएको … Read more

भारतीय राजदूत दलेलासँग प्रधानमन्त्री शाहको शिष्टाचार भेट, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । भेटका क्रममा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले … Read more

मुलुकको सङ्घीय राजधानी काठमाडौँलाई चौबिसै घण्टा खुला गर्न तयारी गरिँदै

मुलुकको सङ्घीय राजधानी काठमाडौँलाई चौबिसै घण्टा खुला गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी अगाडि बढाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक सूचना जारी गरी काठमाडौँलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री बनाउँदै चौबीसै घण्टा सञ्चालन गर्न सकिने वातावरण निर्माणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभएको छ । राजधानीको प्रमुख पर्यटकीय तथा व्यापारिक क्षेत्र … Read more

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् । उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, … Read more

सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घट्यो, तिहारयता १७ हजारले सस्तियो

नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ … Read more

सुशासन कायम गरेरै राजश्वको महत्वकांक्षी लक्ष्य पूरा गर्छौंः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डास्वर्णिम वाग्लेले मुलुकमा सुशासन कायम गराएरै सरकारले यस वर्ष राखेको १५ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पूरा गराइछोड्ने बताउनुभएको छ । गत वर्षको तुलनामा करिव २७ प्रतिशतले बढी राजश्व उठाउने लक्ष्य महत्वाकाक्षी भए पनि सुशासन कायम गराएरै हालिल गरिने बताउनुभएको हो । राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै अर्थमन्त्री वाग्लेले गत वर्ष … Read more

सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार १०० घटेको छ भने चाँदीको मूल्य  प्रतितोला रु ८० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ६९ हजार १०० र चाँदीको मूल्य रु तीन हजार ५२० कायम छ । आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख … Read more

रास्वपा सांसद अमरेश कुमार सिंहले सुरु गरे मेची महाकाली पदयात्रा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले मेची महाकाली पदयात्रा सुरु गरेका छन् ।जनकपुरधामको जानकी मन्दिरमा दर्शन गरेर उनले मेची महाकाली पदयात्राको सुरुवात गरेका छन् । सांसद सिंहलाई रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गरेर पदयात्राका लागि शुभकामना दिए । सभापति लामिछानेले सांसद सिंहलाई पदयात्रा दल र राजनीति भन्दा माथि … Read more