चितवनबाट तीस हजार बढीले लिए सवारी लाइसेन्स, ६८ प्रतिशत फेल

चितवनमा सवारी चालक अनुमती पत्र (लाइसेन्स)को परीक्षा दिने मध्ये ६८ प्रतिशत फेल भएको पाइएको छ । यातायात व्यवस्था कार्यालय चितवनका अनुसार, लाइसेन्स परीक्षा सुरु भएपछि एक लाख १२ हजार २ सय ७ जनाले निवेदन दिएकोमा ३० हजार ६७८ जना उत्र्तिण भएका छन् । चितवनबाट २०८० बैशाख ३ गतेबाट लाइसेन्स दिन थालिएको थियो । त्यस यत्ता … Read more

केपी ओलीबिनाको एमाले हेर्नलाई २०/२५ वर्ष पर्खिनुपर्छः प्रधानमन्त्री ओली

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको नेतृत्व गर्न पार्टी सदस्यता नविकरण गरेर पार्टीको काममा सक्रिय रहेको बताएको केही दिनपछि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझ २०/२५ बर्ष पार्टीको नेतृत्वमा रहने बताएका छन्। आइतबार नेकपा एमाले झापाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अझै २०/२५ बर्ष पार्टीको नेतृत्वमा रहने दोहोर्‍याए। उनले यस्ता अभिव्यक्ति … Read more

टोल विकास संस्थाको निर्वाचनमा रास्वपाको ‘क्लिन स्वीप’,कांग्रेस र एमालेको गठबन्धन पराजित

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर– ८ स्थित मिलन टोल विकास संस्थाको निर्वाचनमा सत्तारुढ कांग्रेस र एमालेको गठबन्धनलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाजी मारेको छ । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत वडाको मिलन टोल विकास संस्थाको चुनावमा ४ जना पदाधिकारीमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको हो । उक्त टोल नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ … Read more

जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्छः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले भिजिट भिसाका नाममा निरन्तर मानवतस्करी भएको भन्दै छानविनका लागि संसदीय समिति गठन गर्न सरकार डराएको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उनले संसदीय समिति नभएसम्म आफूहरूको आन्दोलन जारी रहने जिकिर गरे । त्यस्तै शाहीले केही महिना अघि खानेपानीमन्त्रीले जुम्लामा रहेको संघीय खानेपानी कार्यालय खारेज … Read more

प्रधानमन्त्रीबाट हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज(आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले खेत नजिकै नदी भए पनि सिँचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई … Read more

क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताउनुभएको छ । नेपालमा औषधि उपलब्ध नभएकाले उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटाउन अन्तरराष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो चरणको औषधि नेपाल ल्याइएको उहाँको भनाइ छ । यसअघि मन्त्री पौडेलले त्यस्ता औषधि प्राप्त गरेर … Read more

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ । ल्हेन्दे खोलाको बाढीले केरूङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि सीमापारी तिब्बतर्फ जमेको पानी उपकरणका सहायताले खोल्न सुरु गरेको हो । स्थानीय सीमासुरक्षा अधिकारीका अनुसार ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुङ्गा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा … Read more

आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ … Read more

‘कार्यक्रममा दोहोरोपना हुन नदिन स्थानीय, प्रदेश र संघ बिच समन्वय हुन जरुरी छ’

बागमती प्रदेशका कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव वैगुण्ठ अधिकारीले कृषिका कार्यक्रम अनुदान केन्द्रित भएको बताएका छन् । कृषि विकास कार्यालय चितवनले शनिवार सौराण्हामा आयोजना गरेको स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुसंग त्रैमासिक समन्वय गोष्ठीमा बोल्दै अधिकारीले कृषकलाई प्रविधिहरु वितरण भएपनि अनुदान केन्द्रित देखिएको बतादबकएका हुन् । ‘हामी प्रविधि प्रसार, प्राविधिक सेवा र नियमनका कुरामा पछाडि … Read more

छाउ गोठमा सुत्न गएकी एक महिलाको सर्पले टोकेर मृत्यु

कञ्चनपुरमा छाउपडी गोठमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउ गोठमा सुतेकी २८ वर्षीया कमला दमाईको गएराति सर्पदंशबाट ज्यान गएको हो। राति करिब ८ बजेको समयमा करेत जातको विषालु सर्पले डसेपछि कमलालाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा कमलाको मृत्यु भएको हो। स्थानीय सुचित्र सिंहकाअनुसार … Read more