काठमाडौँ,कात्तिक २६-
एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने भएका छन्
।थाइल्यान्डको पटायामा आयोजना हुने आइएफबिबी (अन्तरराष्ट्रिय शारीरिक सुगठन तथा फिट्नेस महासङ्घ)ले आज त्यसतर्फ जानलागेका खेलाडीलाई विदाई गरेको छ ।
यही कात्तिक २७ देखि ३० गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामना दिर्दै बिदाइ गर्नुभएको हो ।
उहाँले अन्तरराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई प्रोत्साहित पनि गर्नुभयो ।
नेपालको तर्फबाट दुई खेलाडीले भाग लिदैछन् । अनिश थापा र असिमबाबु गुरुङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
टोलीको प्रशिक्षकमा रामबहादुर दाहाल हुनुहुन्छ । नेपाल बडीबिल्डिङ एण्ड फिटनेस महासङ्घका महासचिव तथा अन्तरराष्ट्रिय निर्णायक अजयकुमार बज्राचार्य पनि सो प्रतियोगितामा सहभागी हुनुहुनेछ ।
बिदाइ कार्यक्रममा नेपाल बडीबिल्डिङ एण्ड फिटनेस महासङ्घका पूर्वअध्यक्ष शिवलाल श्रेष्ठ, बोर्ड सदस्य नरेश मल्ल, आइएफबिबी अन्तरराष्ट्रिय निर्णायक केशव नागा, अन्तरराष्ट्रिय खेलाडी अवतार श्रेष्ठ, राष्ट्रिय खेलाडी सुरेन्द्र लामा र रमेश खुम्बु तथा राष्ट्रिय निर्णायक दिपेश पाठक र शम्भु अधिकारीलगायतको उपस्थिति थियो ।






