सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घट्यो, तिहारयता १७ हजारले सस्तियो

नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ थियो ।

तिहारयता सुनको मूल्य प्रतितोला १७ हजार १ सय रुपैयाँले घटिसकेको छ । तिहारअघि सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार घटेको छ । सोमबार प्रतितोला ३ हजार ५२० रुपैयाँ रहेको चाँदीको मूल्य ३० रुपैयाँले घटेर मंगलबार ३ हजार ४९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

सेयर गर्नुहोस्