रास्वपाका नवलपरासी जिल्ला सभापति पार्टी छाडेर काङ्ग्रेस प्रवेश

बिकास अधिकारी, परासी,फागुन १४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका जिल्ला सभापति महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गर्नुभएको छ। आज बर्दघाट १२ चौपत्तामा आयोजित चुनावी सभामा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई कांग्रेस प्रवेश गराउनुभएको हो। रास्वपाका संस्थापक जिल्ला सभापति ठकुरी पछिल्लो समय टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट हुनुहुन्थ्यो । ठकुरीले २०७९ सालको प्रतिनिधि … Read more

उदयपुरका थापाले गरे अमेरिकामा आफ्नै छोरी र श्रीमतीको हत्या, प्रहरीले गर्‍यो इन्काउन्टर

काठमाडौं,फागुन १२- उदयपुर बेलका नगरपालिकाका एक बुबाले अमेरिकामा आफ्नै छोरी र श्रीमतीको हत्या गरेका छन् भने आक्रमणबाट ज्वाइँ गम्भीर घाइते भएका छन् । अमेरिकाबाट सञ्चालित समाचार पोर्टल नेपयोर्कका अनुसार, फेयरफ्याक्स काउन्टी, भर्जिनियामा सोमबार बिहान यो घटना भएको हो । मिलन भनिने ५० वर्षे छत्रबहादुर थापाले पर्सिमोन ड्राइभस्थित आफ्नै अपार्टमेन्टभित्र १० इन्च लामो धारिलो हतियार प्रयोग … Read more

त्रिशूलीमा खस्यो बस : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

काठमाडौं फागुन ११- धादिङमा मध्यराति भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २४ जना घाइते भएका छन्। राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो ।   उक्त … Read more

चितवन–२ मा मिना खरेल र रवि लामिछाने बीच कडा भिडन्त, मिना पक्ष झन् बलियो बन्दै

चितवन – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा देशैभर चुनावी माहोल तातिरहेको छ। उम्मेदवारहरूलाई मतदाताहरुको घर-घरमा पुगेर भोट माग्न भ्याईनभ्याई छ। निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र २ राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेल बीच कडा प्रतिस्पर्धा देखिएको छ। विगत … Read more

प्रत्येक महिना प्रधानमन्त्रीले जनतालाई हिसाब बुझाउनुपर्ने ‘प्रतिज्ञापत्र’ ल्याउँछौँः सभापति थापा

काठमाडौं, माघ २८- नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत घोषणापत्रको सट्टा प्रतिज्ञापत्र सार्वजनिक गर्ने बताएका छन् । सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले अबको राजनीति पाँचवर्षे योजनामा मात्र सीमित नभई दैनिक कार्यसम्पादन र जवाफदेहितामा आधारित हुनुपर्नेमा उनले जोड दिए । सभापति थापाले प्रस्तावित नयाँ सरकारी मोडेलका बारेमा चर्चा गर्दै फागुनमा … Read more

रामेछाप बस दुर्घटना : ५ जनाको मृत्यु, ६ जना घाइते

२७ माघ । रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्‍याइएका पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । दुर्घटनास्थबाट उद्धार गरिएका ११ जनामध्ये गम्भीर घाइते भएका ५ जनाको मृत्यु … Read more

निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

काठमाडौँ, माघ २५- सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनियता भङ्ग गर्ने कार्य नगर्न÷नगराउन अनुरोध गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम … Read more

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

दोधारा चाँदनी (कञ्चनपुर), माघ २०- छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ । भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट … Read more

बालेनको चुनावी प्रचारमा सहभागी पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौँ, माघ १८- चलचित्र पत्ररका संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२ः४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए … Read more

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम , सुनको मूल्य तीन लाख ३९ हजार ३००

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै … Read more