बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि ; मिट माइ मिनिस्टर ’ कार्यक्रम सम्पन्न ।

असोज २८ , काठमाडौँ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य (EVAC) तथा बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (CRC) अन्तर्गत नेपालको प्रतिवेदन तयारीका सन्दर्भमा आयोजित दुईदिने राष्ट्रिय परामर्श कार्यक्रमअन्तर्गत असोज २७ गते ‘Meet My Minister’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्देश्य संयुक्त राष्ट्रसङ्घीय बालअधिकार समितिले नेपालको छैटौँ र सातौँ संयुक्त आवधिक प्रतिवेदनका लागि जारी गरेको सवालहरूको सूचीमा सरकारको प्रतिक्रिया तयार गर्न सहयोग पुर्‍याउनु तथा सन् २०२६ नोभेम्बरमा फिलिपिन्सको मनिलामा आयोजना हुने बालबालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्वव्यापी मन्त्रीस्तरीय सम्मेलनका लागि बालबालिका सँग प्रत्यक्ष संवाद सम्पन्न भएको छ ।
सेयर गर्नुहोस्