चितवनको मुग्लिन बजारमा ट्रक र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

मुग्लिन:  चितवनमा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारस्थित एक होटलबाट खाना खाई निस्कदै गरेको जेएच ०५ डिके २८२९ नम्बरको भारतीय नम्वर प्लेटको ट्रकमा नारायणगढतर्फबाट कुरिनटारतर्फ जाँदै गरेको ग १३ प ४१६३ नम्बरको मोटरसाइकल आइतबार साँझ ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ईच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार स्थित पन्ना ग्यारेजमा काम गर्ने १८ बर्षका आकास कुसहवा रहनुभएको छ । दुर्घटनामा घाइते उहाँको उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा अस्पतालले ९ः५५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । मृतक कुसहवाको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

मोटरसाइकल, ट्रक र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

सेयर गर्नुहोस्