बाली उपचार शिविर सञ्चालन गरिएको छ । जिल्ला एकीकृत शत्रुजीव व्यवस्थापन कृषक संघ चितवन तथा क्यावीको आयोजनामा भरतपुर महानगरपालिका वडा नम्बर २८मा बाली उपचार शिविर सञ्चालन गरिएको हो । आगामी डिसेम्बरसम्म सञ्चालन हुने शिविरमा नवज्योति कृषक समुहका ३० जना कृषकको सहभागिता रहेको छ ।
यस कार्यक्रममा फरक फरक १० समस्याग्रस्त विरुबाहरुको नुमना परीक्षण गरी सुझाव पत्र समेत दिइएको छ । किसानलाई प्राविधिक सहयोग पुराउने उद्देश्यले शिविर सञ्चालन गरीएको कृषक प्लाट डाक्टर रिता बास्ताकोटीले बताउनुभयो । क्यावीले सन् २०१३देखि नेपालमा बाली उपचार सम्बन्धी गाउँघरमै पुगेर काम गर्दै आएको छ । उसले बाली निरीक्षण गरी संरक्षण समेत दिँदै आएको छ । यस परियोजनाले बाली संरक्षण गरी खाद्य सुरक्षामा टेवा पुग्ने विश्वास लिएको बास्ताकोटीले बताउनुभयो ।
चितवन, मकवानपुर र काभ्रे गरेर तीन जिल्लामा आगामी डिसेम्बरसम्म यो कार्यक्रम सञ्चालन हुने कृषक प्लांट डाक्टर रमा ढुंगानाले बताउनुभयो । प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रका बरिष्ठ बाली संरक्षणअधिकृत डाक्टर देवराज अधिकारीलेय कार्यक्रम कृषकहरुको बाली संरक्षणमा ज्यादै उपयोगी भएकाले यसबाट उपलब्ध हुने सूचनाहरुको सदुपयोग गर्नुपर्नेम जोड दिनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर २८का वडाध्यक्ष दण्डपाणी रिजालकोले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सो कार्यक्रममा प्लान्ट क्वारेन्टाइन तथा बिषादी ब्यवस्थापन केन्द्र, हरिहरभवन ललितपुरका बरिष्ठ बाली संरक्षण अधिकृत डा. देवराज अधिकारी, जिल्ला एकीकृत शत्रुजीव व्यवस्थापन कृषक संघकी अध्यक्ष तथा कृषक प्लांट डाक्टर रमा ढुंगानाले पनि किसानहरुले ल्याएका बोटबिरुवाहरुको नमुना परीक्षण गरि सुझाव पत्र दिनु भएको थियो।